GPK Foundation को तर्फबाट अध्यक्ष सुजाता कोइराला ज्यु ले दोस्रो अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी २०२५ मा सहभागिता जनाउनुभएको छ। दक्षिण एशियाका विभिन्न देशका बाल कलाकारहरूको सृजनात्मक कृतिहरू समेटिएको उक्त प्रदर्शनी बालबालिकाको कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा चित्रकला, हस्तकला तथा विविध कलात्मक माध्यममार्फत बाल कलाकारहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए। प्रदर्शनीले बाल प्रतिभाको पहिचान र प्रोत्साहनसँगै विभिन्न देशबीच कला र संस्कृतिको आदान–प्रदानलाई सशक्त बनाएको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा सहभागिता जनाउँदै सुजाता म्यामले बालबालिकाको सृजनशीलता नै समाजको उज्ज्वल भविष्यको आधार भएको बताउँदै यस्ता अन्तर्राष्ट्रिय कला प्रदर्शनीहरूले बाल प्रतिभालाई आत्मविश्वास र अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। GPK Foundation ले शिक्षा, कला, संस्कृति तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ। फाउन्डेशनले आगामी दिनमा पनि बालबालिकाको प्रतिभा विकास, सिर्जनशीलता प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई जोड दिँदै यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।



