अमेरिकाको मिन्यापोलिस राज्यमा मई २५,२०२० का दिन प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिका को विभिन्न राज्यमा शान्तिपूर्ण प्रदर्शन भएका छन।
शान्तिपूर्ण प्रदर्शनकै क्रममा आज न्युयोर्कमा यसै राज्यका सेनेटर जन सि. लियु (NYS Senator John C. Liu) को आवाहन मा “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारहरुका लागि शान्ति रैलीमा एक्यबद्वता जनाउदै गिरिजा प्रसाद कोइराला फाउण्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा,केन्द्रीय सदस्य सुर्य सिम्खडा, वरिष्ठ कलाकार एवं समाजसेवी बसन्ती राइँ, ईमेजखबर अमेरिकाका सम्वाददाता दिवाकर बागचन्द,घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कुन्जन पौडेल लगाएत को उपस्थिति रहेको थीयो।
मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दु:खी” भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे ले बताए। उनले भने एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद हो। जबसम्म हाम्रो सोचं मा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ उनि बताउछन।
यसै रैलीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि घोर भ्रत्सना गरिएको थियो। रुकुममा भएको घटना प्रति गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका घोर निन्दा गर्दछ। एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग-उपल्लो बर्गको नाममा हत्या हिंसा दुःखद र निन्दनीय छ।यस रुकुम घटनाको सत्य तथ्य खोजविन गरी निष्पक्ष छानबिन होस भन्ने फाउण्डेशन कठोर मांग गर्दै दोषि उपर कडा भन्दा कडा कानूनी कारवाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ।
अन्तमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे भन्छन-हामीले शान्तीको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन सक्दछौ र कुनै किसिमको अन्याय स्वीकार्य हुदै हुदैन, जहाँ न्याय छैन शान्ति कहिल्यै हुदैन। हाम्रो सोच परिवर्तन गरौ र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।
भवदिय,
सोमनाथ घिमिरे
अध्यक्ष
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका एवं परिवार।









