जीपी काेईराला फाउन्डेसन माेरङ र प्रेस युनियन माेरङकाे सहकार्यमा छापिएको पहेँलो प्रेस ज्याकेट अाज प्रेस युनियन माेरङका अध्यक्ष कुमार लुईटेललाई हस्तान्तरण गरियाे । याे ज्याकेट माेरङका प्रेस युनियनका साथीहरूलाई वितरण गरिने छ । कार्यक्रममा प्रेस युनियनका सल्लाहकार शेखर रेग्मी ,युनियनका प्रदेश संयाेजक लिलाबल्लभ घिमिरे ,पत्रकार महसंघका उपाध्यक्ष द्वय कुमाेद अधिकारी ,शुसिला पाठक,निबर्तवान अध्यक्ष मीनकुमार नवाेदित,प्रेस युनियनका सह-सचिव धिरज दाहाल लगायतको सहभागीता रहेकाे थियाे ।

Scroll to Top