स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसमा निःशुल्क कोचिङ कक्षाको उद्घाट

 

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन दोलखाले स्व. भीम बहादुर तामाङ स्मृति +2 परीक्षा तयारी तेस्रो निःशुल्क कोचिङ कक्षाको उद्घाटन समारोह सम्पन्न गरेको छ।

कार्यक्रमका सभापति जी.पी. कोईराला फाउन्डेसन दोलखा शाखाका अध्यक्ष तथा नेपाली कांग्रेस दोलखाका प्रवक्ता तथा नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ रहनुभएको थियो। प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथि द्वाल्खा गुठीका अध्यक्ष एवं समाजसेवी विनोद मास्के रहनुभएको थियो।

अन्य अतिथिहरूमा नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राम्जी प्रसाद चौलागाईं, कालिन्चोक माविका प्राचार्य शम्भु गौतम, नेपाल विद्यार्थी संघ दोलखा (प्रदेश ख) का सभापति सन्देश कोईराला, शिक्षक संघका नेता निरज आचार्य तथा शिक्षक जय श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम खड्काले दिनुभएको थियो।

विशेष अतिथि विनोद मास्के ले कोचिङ कक्षामा अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरूको सम्मानका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

प्रमुख अतिथि बर्मा लामाले विद्यार्थीहरूलाई अध्ययनमा लगनशील रहन आग्रह गर्दै, आजको समयमा घरपरिवारले शिक्षा प्राप्त गर्न उपयुक्त वातावरण प्रदान गरिरहेका कारण विद्यार्थीहरूले आफ्नो भविष्यप्रति जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो। साथै, विदेश जाने विषयलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्दै, त्यहाँ सिकेका सीप, ज्ञान र कमाइलाई नेपालमै सदुपयोग गर्न सकिने कुरामा जोड दिनुभयो।

मा निशुल्क कोचिक को सेवा लिइरहेका २०० भन्दा बढि बिद्यार्थी हरु सहभागी थियो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

Scroll to Top