स्व•गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्ती अमेरिकामा भव्यताका साथ मनाईयो।

नेपाली कांग्रेसका पुर्व सभापति एवम् नेपाली राजनीतिका शिखर पुरुष तथा पुर्व प्रधानमन्त्री स्व•गिरिजा प्रसाद कोइराला ज्यु को ९७ औं जन्म जयन्तीको अवसरमा आज जुलाई २, २०२० बेलुका ५ बजे KBF Peanut Butter Dark Chocolate Bars ५०० बक्स- न्युयोर्क, ज्याक्सन हाईट्सको डाईभरसीटी प्लाजा वाट गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका ले वितरण गरेको यसै फाउण्सडेशनका अध्यक्ष सोमनाथ घिमिरे ले जानकारी दिनु भयो र गिरिजा वावु को ९७ औं जन्म जयन्ती मनाउने क्रममा लगभग ५०० ग्यालन शुद्व दुध पनि वितरण गरियो।
आज को यस कार्यक्रम मा सबै समुदायका लगभग ५०० जना लाई Peanut Butter Dark Chocolate Bars र शुद्व दुध वितरण गरेको जानकारी अध्यक्ष घिमिरे ले बताउनु भयो।
ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्स ले गिरिजा वावुको जन्म जयन्तीकै अवसर पारेर ५०० बक्स चकलेट दान गर्नु भएको थियो र उक्त चकलेट वितरण कार्यक्रम ने.का. नेता एवम् एन आर एन अमेरिका का सल्लाहकार श्याम काजि गुरुङ्ग वाट उद्वघाटन भएको थियो।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा र ने. वि. संघ केन्द्रीय सदस्य द्वय अन्जन चौंलागाई र ज्ञानल थापा थिए भने रेखा श्रेष्ठ, प्रदिप लामिछाने स्वयमसेवी रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गर्नु भयो र त्यही वाट वितरण गरिने छ।

 

आज गिरिजा वावु को ९७ औं जन्म जयन्ती मनाउने क्रममा नेपाली अमेरिकन कलाकार संघलाई-सदस्य मधुर गिरि मार्फत ८० ग्यालन दुध र ४० बक्स चकलेट बार, स्याङजा समाज अमेरिकालाई-सदस्य दिनेश भण्डारी मार्फत ४० ग्यालन दुध र ५० बक्स चकलेट बार, ठकुरी समाज अमेरिका कि उपाध्यक्ष बिमला हमाल श्रेष्ठ मार्फत ८० ग्यालन दुध, वर्ल्ड कनेक्सन यु एस ए ईन्कका प्रेसिडेन्ट आङ गेलु शेर्पा र एन आर एन अमेरिका का पुर्व उपाध्यक्ष टेम्बा शेर्पा मार्फत १६० ग्यालन दुध, LOH-NYC कि डाइरेक्टर केयला सर्जियो लाई १०० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्स, रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन र टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठ लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

 

Scroll to Top