पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी वरिष्ठ नेता सुजाता कोइरालाले आफ्नो आत्मसंस्मरण “म र सानोबुवा” को औपचारिक विमोचन प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न गर्नुभएको छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, साथै नेता शेखर कोइराला र नेता शशांक कोइराला लगायतका विशिष्ट व्यक्तित्वहरूले गौरवान्वित बनाउनु भएको छ।
सुजाता कोइरालाको “म र सानोबुवा” नेपाली राजनीतिक साहित्यमा महत्त्वपूर्ण योगदान बन्ने अपेक्षा गरिएको छ। यस पुस्तकको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्युले सकारात्मक धारणा व्यक्त गर्नु भएको छ ।साथै यस पुस्तकले पाठकहरूलाई नेपालको शासन, नेतृत्व संघर्ष, र लोकतान्त्रिक आकांक्षाबारे अद्वितीय दृष्टिकोण प्रदान गर्नेछ।