विदेश वाट बहस: विचार – विमर्श र निष्कर्ष। विषय: कोभिड-१९ को अन्योलले नेपालमा राजनीतिक पार्टीका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवर्तित सन्दर्भमा चुनौती र अवसर?

   

 

पार्टी  को चुनाती तथा अवसर कोविड पछाडी

२००७ मा प्रजातन्त्र स्थापना भैसकेपछि राजनीतिक पार्टीको भूमिका नेपालमा उल्लेखनीय रुपमा स्थापित भएको थियो।  तर राजनीतिक पार्टीहरुको सिद्दान्त र ब्यबहारमा तालमेल  नहुदा अपेक्षाक्रित उपलब्धिहरु जनता तथा देशले पाउन सकेको छैन। यहि बिचमा कोविड महामारीले झन् सम्पूर्ण रुपमा हामीलाई अझै पछाडी पुर्याएको छ।  

 

यसले हाम्रो  बिकराल  स्वास्थ्य समस्या तथा हाम्रो कमजोर तयारीलाइ मात्र उजागर नगरेर

समग्र  राजनीतिक, आर्थिक  शैक्षिक र  सामाजिक संरचनालाइ नै प्रभावित पारिदिएको छ।    

      

यो बिचमा हाम्रा राजनीतिक तथा सांगठानिक गतिबिधिहरु करिब ठप्प जस्तै छन्।  हुन त कोविड महामारी अगाडी पनि हाम्रो पार्टी  धेरै नै निस्क्रिय भएको थियो। तसर्थ अब सम्पूर्ण बिस्व नै न्यु नर्मल र न्यु ग्लोबल अर्डरमा प्रबेस गर्न लागेकोले हामि र हाम्रो पार्टीले पनि नया योजना र कार्यदिशा बनाएर अगाडी बढ्नुको विकल्प छैन। अब परम्परागत विचार, राजनीतिक सिद्दान्त र संगठन गर्ने तरिकालाइ समयानुकुल परिमार्जित गरेर जानु पर्दछ। 

पार्टी आज १४ औ महाधिबेशनको संघारमा छ।   तर पार्टीका सम्पूर्ण भात्री संघ संस्थाहरु, शुभेच्छुक संस्थाहरु,सबै आज कोमामा पुगे जस्तै छन्। पार्टीभित्र  विभिन्न गुट तथा उपगुटहरु निर्माण गर्ने पार्टी तथा देश भन्दा व्यक्तिलाइ केन्द्रमा राखेर राजनीति अगाडी बढाउने प्रबित्तिले आज कांग्रेस एउटा जिबन्त पार्टीको रुपमा नभएर गुट तथा उपगुटको महासंघ जस्तो हुन थालेको छ। आज पार्टीका गुटगत  बिबादहरु क्रियासिल सदस्यको तहसम्म पुगेको छ।  तसर्थ यस्ता प्रबित्तिलाइ निरुत्साहित गरेर  पार्टीलाइ नया उर्जाका साथ् अगाडी बढाउन यो कोविड महामारी पछिको समय एउटा राम्रो अवसर हुन सक्छ। 

 

हाम्रो महाधिबेसन प्रणाली परम्परागत प्रकृतिको छ।  पार्टीमा निरन्तर योगदान गरेका त्याग गरेर इमान्दार पार्टीका नेता तथा  कार्यकर्ताहरुको पार्टीमा उचित मुल्यांकन हुन छोडेको छ। पार्टीका आन्तरिक चुनाब तथा संसदीय चुनाबहरु पनि अब इमान्दार पार्टी नेता तथा कार्यकर्ताले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ।  तसर्थ यो प्रबित्तिलाई निरुत्साहित गर्न आगागी महाधिबेसन देखि चुनाबहरुलाइ छिटो, छरितो, कम खर्चिलो, पारदर्शी तथा आम कार्यकर्ताले आफ्नो उपस्थिति तथा जिम्मेवारी लिन सक्ने खालको बनाउनु पर्दछ। अहिलेको संरचना अनुसार केन्द्रिय अधिबेसन गर्न देशभरिबाट नेता तथा कार्यकर्ताहरु काठमाडौँ अथवा अधिबेसन स्थलमा केन्द्रिकृत रुपमा उपस्थित हुनु पर्ने व्यवस्था छ। जसले गर्दा अनाबस्यक समय तथा आर्थिक भारपरिरहेको हुन्छ। तसर्थ अब कोविड महामारीले गर्दा पनि हामि एकै ठाउमा भेला भएर अधिबेशन गर्न जोखिम पनि छ र यो बैज्ञानिक पनि छैन त्यसैले अब बिकेद्रिकरणको सिद्दान्त अनुसार स्थानीय स्तर बाट नै अथवा विभिन्न क्षेत्रिय/ प्रादेशिक  केन्द्र हरु तोकेर त्यहि बाट भोटिंग गर्ने व्यवस्था मिलाउनु पर्छ। 

अहिले बिस्व नै डिजिटलाइजेसन को युगमा छ तसर्थ हामि हरु पनि अब पार्टीकाम काम गतिबिधि तथा संगठन गर्ने शैलीलाइ परिमार्जित गर्दै डिजिटलाइज गर्दै जानु पर्छ जसले गर्दा हाम्रो समय तथा आर्थिक बचत हुन जान्छ र पार्टीमा सबैले प्रतिस्पर्धा गर्न सक्ने बाताबरण सिर्जना हुन्छ।  

 

आज सरकार  दुइ तिहाइको बलियो अवस्थामा हुदा पनि जुन रुपमा देश विकासका काम हरु लाइ अगाडी बढाउनु पर्ने थियो त्यो नगरेर झिना मसिना कुरा हरुमा अल्झिएको छ आज अग्रगामी निर्णयका समाचार हरु सुन्नुको सट्टा हामीहरु नेकपाको स्थाई समिति विवाद, दुइ अध्यक्षको  भागबन्डाको विवादजस्ता कुरा हरु सुन्न बिबस छौ।  के नेपाली जनताले यस्तै हेर्न र सुन्न नेकपलाई दुइ तिहाई दिएर पठाएका हुन्?    यसरि आज देशमा दुइ तिहाइको  नाममा देशलाइ निरंकुशता , अराजकता र गैर जिम्मेवारीपन देखाउने काम भएको छ।  एउटा लोकतान्त्रिक मुलुकमा सरकारलाइ सहि बाटो हिडाऊन प्रमुख प्रतिपक्षि दलको बिशेस भूमिका हुन्छ सरकारका राम्रा कामको समर्थन र गलत कामलाई खबरदारी गर्ने बिपक्षि दलको जिम्मेवारी हो। तर आज नेपाली कांग्रेस पार्टीले सशक्त प्रतिपक्षको भूमिका निभाउनु को सट्टा एउटा राजदुतएउटा बिश्वबिध्यालयलको  उपकुलपति माग्ने, संबैधानिक नियुक्तिहरुमा   बार्गेनिङ्ग गर्ने जस्ता क्रियाकलापले गर्दा आज पार्टी एउटा प्रतिपक्ष भन्दा पनि सरकारकै कठपुतली अंग जस्तै भएको छ।  

 

तसर्थ पार्टीको आन्तरिक गतिशिलता तथा सरकारसंग सम्बन्धित मुद्धा हरुमा पार्टीलाइ बलियो रुपमा प्रस्तुत गर्न नया योजना र नीति साथ अगाडी बढ्नको लागि कोविड पछिको समय हाम्रो लागि एउटा अवसर हुन सक्छ भन्ने लाग्छ मलाइ।   

 

Scroll to Top