लकडाउनमा जनताले भोगिरहेका समस्याका विषयमा सरकार गम्भीर बन्न आबश्यक : नेतृ कोइराला

विराटनगर / नेपाली कांग्रेस नेतृ तथा जिपि कोइराला फाउन्डेसनकी

अध्यक्ष सुजाता कोइरालाले लकडाउनको समयमा जनताले भोगिरहेका समस्याका विषयमा सरकार गम्भीर बन्न आबश्यक रहेको बताएकी छिन् ।

आज गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्धारा आयोजित जुम भिडियो कलमार्फत विराटनगरका पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । लकडाउनका कारण सिमान्तकृत तथा विपन्न बर्गले भोगिरहेको समस्याका विषयमा सरकारले अबिलम्ब सम्बोधन गर्न आबश्यक भएको बताइन् ।

कोरोनाका कारण भन्दा खान पिनको अभाव र स्वास्थ्य जाँचको अभावमा जनताले अधिकतम समस्या भोगिरहेको बताइन् । विभिन्न देशहरुमा फसिरहेका नागरिकहरुलाई उचित सुरक्षा प्रबन्ध र अवस्थावारे रिपोर्ट उतार्न समेत कोइरालाले सरकार संग आग्रह गरिन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मार्फत देश तथा विदेशमा समेत सामाजिक काम भइरहेको भन्दै उनले नागरिकका हरेक समस्यामा फाउन्डेसन मार्फत काम भइरहेको जानकारी दिइन् । कोरोना सक्रमण नियन्त्रणमा नआए संम्म सवैले सजकता अपनाउन समेत उनले आग्रह गरिन् ।

कोइरालाले बहस र छलफलका माध्यमबाटै हरेक समस्याको समाधान निस्कने भन्दै सत्तापक्ष दलहरुको राम्रा कामको समर्थन र गलत कामको विरोध गर्न आबश्यक भएको बताइन् । कोरोनाका कारण देशमा आउन सक्ने आर्थिक तथा सामाजिक बहस कायम राख्दै विकल्प सहित जनतालाई संबोधन हुने उचित व्यवस्थाका लागि राज्य गतिशिल हुने बेला आएको बताइन् । यसका लागि प्रतिपक्षि भुमिका निर्वाह गरिरहेको कांग्रेसले थप निगरानी गर्ने र सरकारलाई घचघचाउने काम गर्न आबश्यक भएको नेतृ कोइरालाले बताइन् ।

फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजनमा भएको जुम भिडियो कलमा विराटनगरका बरिष्ठ पत्रकार शेखर रेग्मी,मीनकुमार नवोदित , अभय राई ,विनोद सुवेदी ,गोपाल पोखरेल ,धिरज दाहाल र अनुज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Scroll to Top