रीताद्वारा साईप्रसमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग ।

काठमाडौं, विश्व नै अहिले कोरोना भाईरसबाट प्रभावित छन् । भाइरस फैलिन नदिनकालागी विश्वका अधिकाम्शा देशहरुलाई लकडाउन गरेका छन् । लकडाउनसंगै विशेषगरी गरिखाने वर्ग श्रमिक र विद्यार्थीहरुको विहान बेलुकी चुल्हो बल्न ज्यादै कठिन हुदै भोकभोकै बस्नु पर्ने अवस्था सृजना हुन थालेका छन् । यसैक्रममा साईप्रसमा अध्ययनरत नेपाली विद्यार्थीहरु समेत भोकभोकै बस्नु पर्ने अवस्था नजिकिदै गरेपछी केहि वर्षदेखी साईप्रसमा कार्यरत सिन्धुपाल्चोक निवासी मनकारी रीता दुलालले आफ्नो पारिश्रमिकबाट विभिन्न खाद्यान्न सामाग्री राहत उपलब्ध गराएकी छिन। साईप्रसको विभिन्न कलेजमा अध्ययनरत अति नै समस्यामा रहेका १४ जना विद्यार्थीहरुलाई आफ्नै तलबबाट करिब चालिस हजार बराबर रुपैयाँको दैनिक उपभोग्य सामाग्रीहरु राहत स्वरुप उपलब्ध गराएकि हुन् । हाल,भिम बहादुर तामाङ लोकतन्त्र केन्द्रका केन्द्रीय सदस्य एवं जिपि कोईराला फाउन्डेसन साईप्रसका अध्यक्ष समेत भएकी दुलाल नेपालमा हुँदा समेत समाज सेवामा सक्रिय थिइन।

Scroll to Top