जि. पि फाउन्डेसनद्वारा रक्तदान कार्यक्रम ,पर्सा (वीरगंज )

वीरगन्जमा १०२ जनाले गरे रक्तदान

वीरगन्जमा रगत अभाव भएपछि गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले अकास्मिक रक्तदानको आयोजना गरेको छ ।  मानिस आवत जावतमा रोक समेत लागेपछि वीरगन्ज रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन थाले पछि गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा १ महिला सहित १०२ जनाले रगत दिएका फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जनाए । रक्तदान कार्यक्रममा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काग्रेस पर्साका जिल्ला सभापति अजय कुमार दुवेदी, नेपाली काग्रेस पूर्व सांसद अनिल कुमार रुगंटा,नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम कुमार पोख्रेल,प्रदेश सभासद ओमप्रकास शर्मालगायतको उपस्थिति रहेको थियो ।

 

Scroll to Top