मैत्रीपूर्ण खेल खेल्दै शुरु गरियो धनकुटाको पाख्रीवासमा नकआउट फुटवल

प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिता आजबाट धनकुटाको पाख्रीवासमा शूरू भएको छ ।

गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर समितिद्धारा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेश १ का प्रथम प्रदेश प्रमुख डा गोविन्द तुम्वाहाङले गर्नुभएको हो ।

स्थानिय स्तरका खेलाडीहरुको क्षमता अभिवृद्धी गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता सम्म पुग्न सहयोग पुर्याउने लक्षका साथ आयोजित प्रतियोगिताको उद्घाटन खेलमा पाख्रीवास नगरपालिका वडा नं ४ र १ भी’डेका थिए । यी दुई वडा वीचको खेलमा ०-६ गोल को अन्तरले ४ नं वडा विजयी भएको छ ।

त्यस्तै गरी वडा नं ३ र ६ वीच आजै भएको दोश्रो खेलमा ०-१ गोलको अन्तरले पाख्रीवास ३ विजयी भएको गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर सचिव सन्तोष मानन्धरले जानकारी दिनुभयो ।

पाख्रीवास नगरपालिकाको १० वटै वडाका खेलाडीले सहभागीता जनाएको प्रतियोगिताको विजयी प्रथम समूहले नगद ५१ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछ भने दोश्रो हुनेले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।

फाउण्डेसनका नगर समिति अध्यक्ष जयन्द्र घिसिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा वोल्दै डा तुम्वाहाङले खेलाडीहरुले खेलमा गर्ने प्रतिष्पर्धा जस्तै राजनितीक दलहरुले पनि विकास निर्माणको काम प्रतिष्पर्धात्मक रुपले गरे विकासले गति लिने वताउनुभएको छ ।

त्यस्तैगरी फाउण्डेसनका प्रदेश नं १ का अध्यक्ष ईन्दिरा थापाले फाउण्डेसनले गर्दैआएको कामहरुको वारेमा जानकारी गराउदै पाख्रीवासको समग्र विकासका लागि रानीतिक हिसावले यो दल वा त्यो दल नभनी सवै एक भई अघि वढ्न आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यस्तै पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले गिरीजा प्रसाद कोईरालाले लोकतन्त्रको लागि खेल्नुभएको भूमिका चर्चा गर्दै प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न शूभकामना दिनुभएको थियो । कार्यक्रममा पाख्रीवास ५ का वडाध्यक्ष गोपाल थापा,मुस्लिम संघ उदयपुरका अध्यक्ष नजवुल खान लगायतले शूभकामना मन्तव्य राखेका थिए भने ८ नं वडाध्यक्ष सिताराम राई, ७ नं वडाध्यक्ष फडिन्द्र तामाङ, राप्रपा संयुक्तका कृष्ण वहादुर थापा लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन प्रेम भण्डारीले गर्नुभएको थियो ।

वडा वडा वीचको खेल शूरु हुनुअघि भएको मैत्रीपूर्ण खेलमा ईलाका प्रहरी कार्यलय पाख्रीवास र आयोजक भीडेका थिए । मैत्रीपूर्ण खेलमा ईलाका प्रहरी कार्यलय पाख्रीवासको टिमको तर्फवाट ४ नं वडाध्यक्ष शोवित निरौला पनि खेल्नुभएको थियो । भोलिको खेल विहान ८ वजेदेखी हुने आयोजकले जनाएको छ ।

Scroll to Top