मृतकका परिवारलाई जीपी फाउन्डेसन झापाको सहयोग

 

झापा – उपचारको क्रममा निधन भएका झापा कमल गाउँपालिका – ७ बार्हघरेका कलेजो पिडित बिष्णु ऋषिरदेवको परिवारलाई जीपी फाउन्डेसन ( गिरिजाप्रसाद कोईराला फाउन्डेसन ) झापाले खाद्यान्न सहयोग गरेको छ ।
मंगलबार फाउन्डेसनका अध्यक्ष बुद्दी न्यौपाने र सचिव महेन्द्र भट्टराईले ऋषिदेवको परिवारलाई चामल, तेल, दाल, आटा लगायतका खाद्य सामाग्री प्रदान गरेका हुन् ।
केहि समय अघि फाउन्डेसनका झापा अध्यक्ष बुद्दी न्यौपानेको सक्रियतामा उनलाई उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल लागिएको थियो ।
उनको सम्पूर्ण उपचार खर्च जीपी फाउन्डेसन झापाले बहन गर्ने भनेको थियो । तर उपचारकै क्रममा उनको गत आइतबार निधन भयो । मजदुरी गरेर दुई छाक टार्दै आएको उनको परिवार आर्थिक रुपमा विपन्न छ ।
Scroll to Top