मिचिएको संविधान सही ट्रयाकमा ल्याउन संसद पुनर्स्थापना हुनुपर्छ l

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मिचिएको संविधान सही ‘ट्र्याक’मा ल्याउन विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनै पर्ने र संविधान मिचेर घोषणा गरिएको चुनावको कुनै अर्थ नरहने बताउनुभएको छ । प्रेस युनियन झापा द्वारा बिहिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोईरालाले संसद पुर्नस्थापना गरेर सर्वदलीय सरकार मार्फत चुनावमा जानु नै अहिलेको राष्ट्रिय सहमतिको बाटो भएको बताउँनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेकी  कोइरालाले जनता चाहना अहिले चुनाव नभएको बताउनु भयो । संसदमा प्रतिपक्षले कुनै अवरोध नगर्दा पनि दुईतिहाई नजिकको कम्युनिष्ट सरकारले जनताको मतलाई अवमूल्यन गर्नु दुःखद भएको बताउँदै आन्तरिक कलहमा संसद विघटन गर्नु गलत भएको बताउनुभएको छ । संसद विघटन असंवैधानिक भएको बताउँदै कोइरालाले जनचाहनालाई बुझेर सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा निर्णय दिनुपर्ने तथा नेपाली कांग्रेसको नेतृत्वले अहिलेसम्म कुनै कमजोरी गरेको भए त्यसलाइ सच्याएर धारणा कोइरालाको भनाइ थियो।

 

 

Scroll to Top