महामारी संग लड्नका लागि गम्भिर हुन सरकारलाई नेतृ कोइरालाको आग्रह

महामारी संग लड्नका लागि गम्भिर हुन सरकारलाई नेतृ कोइरालाको आग्रह

 

 

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजाता कोईरालाले वर्तमान परिस्थितीको लागि गम्भीर हुन सरकारलाई आग्रह गरेकी छिन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी कोईरालाले सामाजिक संजाल मार्फत सरकारलाई वर्तमान परिस्थितीको लागि गम्भीर हुन आग्रह गरेकी हुन् ।

देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेको छ। कोरोना संक्रमितको  संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले  अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुविधा पनि अस्पतालबाट पाउन सक्ने अवस्था  छैन उनले भनिन् । मृत्युलाइ आफ्नै अगाडी देख्दा पनि बिरामीले निरिह भएरउपचार अभाबमा टुलुटुलु हेरिरहनु पर्ने विवशता छ।

सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्वक ध्यान नदिएर अन्य बिषयहरुमा अल्झिदा अहिलेको विकराल समस्या आएको हो। तसर्थ, सरकारको सम्पूर्ण ध्यान यो महामारी संग लड्न केन्द्रित होस र अक्सिजन लगायत आबस्यक  स्वास्थ्यसामग्रीको नियमित उपलब्ध गराई उपचारको वातावरण सिर्जना गर्न नेपाल सरकार समक्ष नेता कोईरालाले अनुरोध गरेकी छिन् ।

Scroll to Top