बुद्धशान्तिलाई गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम घोषणा गरिदै

झापा ४ फागुन । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम’ घोषणा गर्ने भएको छ ।लोकतन्त्र, शान्ति र विकासको मूल नारासहित स्थापित जि.पि. फाउण्डेशनले यही फागुन ६ गते आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबर ग्राम घोषणा गर्न लागेको हो । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले झापामा व्यावसायिक रबर खेतीलाई प्रवद्र्धन गरिने बताउनु भएको छ । झापाको बुद्धशान्तिमा रबर ग्राम घोषणा कार्यक्रमको उद्घाटन गर्न बुधबार झापा आइपुग्नु भएकी कोइरालाले रबर खेतीको प्रवद्र्धन गर्दै युवाहरुलाई रोजगार सृजना गर्ने बताउनु भयो ।

Scroll to Top