बुद्धशान्तिमा ‘ गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबर ग्राम’ घोषणा

 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वउप–प्रधानमन्त्री सुजाता कोइरालाले झापामा व्यावसायिक रबर खेतीलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । झापाको बुद्धशान्तिमा बिहीबार एग्रो टुरिजम रबर ग्राम घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेतृ कोइरालाले रबर खेतीको प्रवर्द्धन गरेर युवालाई रोजगार सृजना गर्ने बताउनुभएको छ  ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएको  कोइरालाले कृषिमा अत्मनिर्भर बन्न अब रबर खेतीले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको हो ।

राजनीतिक अस्थिरताका कारण देशमा कृषि क्षेत्रको प्रवर्द्धन हुन नसकी रहेका बेला जीपी फाउण्डेशनले रबर खेतीमार्फत स्थानीय नागरिकको आयश्रोत उकास्न सहयोग गर्ने जानकारी दिनु भयो

‘गिरिजाबाबुले पूर्वी तराईमा रबर खेतीको सभ्भावना देखेर नै रबर विकास बोर्ड गठन गर्नु भएको थियो’ र सोहि कुरालाई ‘फाउण्डेशनले प्रबर्द्धनमा सहयोग गर्ने योजना बनाएको हो ।’कोइरालाले बुद्धशान्तिलाई रबर ग्राम घोषणा भएपछि यस क्षेत्रका नागरिकको आर्थिकस्तर बढाउन जीपी फाउण्डेशनले काम गर्ने र झापापछि मोरङ, सुनसरी, इलामको तल्लो क्षेत्रमा व्यवसायिक रबर खेती गर्न अनुकूल मौसम रहेकोले त्यहाँ पनि कार्यक्रम शुरु गर्ने जानकारी दिनु भयो । कोइरालाले राजनीतिक वृत्तमा मात्र नभई जुनसुकै क्षेत्रमा सहमति, सहकार्य र एकता आवश्यक रहेकोबताउनु भयो|

Scroll to Top