प्रथम गिरिजाप्रसाद कोइराला प्रदेश १ स्तरीय अन्तर नगरपालिका फुटबल स्मृति कप सुनसरीमा शुरु ।

लोकतान्त्रिक गणतन्त्र नेपालका महानायक युग पुरुष पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औं स्मृतिमा जी.पी. कोइराला फाउण्डेशन युवा तथा खेलकुद विभाग प्रदेश नं. १ समितिको आयोजनामा भएको प्रदेश नं. १ अन्तर नगरपालिका स्तरीय फुटबल प्रतियोगिता सँगै फोटो प्रर्दशनी, साँगीतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा विविध कार्यक्रम, नेपाली कांग्रेसका महामन्त्री माननीय डा. शसांक कोइराला ज्यूको प्रमुख आतिथ्यता, जी.पी. फाउण्डेशनका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय श्री सुजाता कोइराला ज्यूको विशिष्ट आतिथ्यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईराला ज्युको विशेष आतिथ्यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता श्री प्रदिप पौडेल ज्यू, तथा नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता तथा सुनसरी जिल्ला सभापति माननीयश्री राजिव कोईराला ज्यूको आतिथ्यतामा सम्पन्न भएको छ।

 

 

Scroll to Top