पूर्व उपप्रधानमन्त्री एबम पररास्ट्र मन्त्री कोइराला द्वारा आफ्नो पुर्खौली स्थान सिन्धुलीको दुम्जा भ्रमण

 

पूर्व उपप्रधानमन्त्री तथा पररास्ट्र मन्त्री एबम गिरिजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले आफ्नो पुर्खौली स्थान सिन्धुलीको दुम्जा भ्रमण गर्नु भएको छ।
कुशेश्वर बिध्यापिठमा सोहि बिद्यालयका प्रिन्सिपल, नेपाली कांग्रेस जिल्लाकार्य समितिका साथीहरु, सुनकोशी गाउपलिका सभापति, विभिन्न वडा अध्यक्ष तथा अन्य स्थानीय साथीहरुको उपस्थितिमा छलफल कार्यक्रम भएको थियो।

 

सो अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले देशमा सहमति, सहकार्य र एकता दिगो शान्तिका आधार, कृषि, पर्यटन र प्राकृतिक स्रोत दिगो विकासका आधार हुन् भन्ने मान्यतालाइ आत्मसाथ गर्दै फाउन्डेसनले विभिन्न कार्यक्रम अगाडी बढिरहेको जानकारी दिनु भयो। सिन्धुलीको दुम्जा आफ्नो पुर्खौली ठाउँ रहेकोले सो स्थानमा संग्रहालय लगायत अन्य पर्यटकीय आकर्षणका केन्द्रहरु निर्माण गरेर एउटा नमुना स्थल बनाउन फाउन्डेसनले योजना बनाएर काम गर्ने बताउनु भयो। फाउन्डेसनले धादिंगको रुबी गाउपालिका र दुम्जालाइ नमुना गाउको रुपमा विकास गर्न चाहेको बताउदै त्यहाँको शिक्षा, स्वास्थ्य लगायत अन्य आधारभूत विकास तथा दुम्जाका बिद्यार्थीहरुलाइ विभिन्न छात्रवृतिहरु उपलब्ध गराउने जानकारी दिनु भयो। युवाहरुलाइ उधमशील र आत्मनिर्भर बन्न प्रेरित गर्नु पर्ने, आयआर्जनका स्रोतहरु बढाउनु पर्ने बताउदै फाउन्डेसनले झापा, मोरङ, सुनसरी तथा इलामको तल्लो बेल्टमा ब्यबसायिक रबरखेतिको लागि अभियान शुरु गरेको र त्यसबाट धेरै युवा तथा कृषकहरु लाभान्वित हुने बताउनु भयो।

कार्यक्रममा फाउन्डेसनका पर्यटन बिभाग निर्देशक कुल बहादुर गुरुङले दुम्जामा पर्यटन विकासको प्रचुर सम्भावना आफुले देखेको बताउदै त्यसको लागि स्थानीय युवा साथिहरु संग आबस्यक टिम निर्माण गरेर योजनाक साथ अगाडी बढ्ने बताउनु भयो। त्यसैगरि फाउन्डेसनका निर्देशक डा तारा बन्जाडेले सो क्षेत्रमा हुन सक्ने सम्भावित कृषिजन्य उत्पादन, जडिबुटी तथा प्राकृतिक स्रोत र साधनको पहिचान गरि स्थानीय साथिहरु संग सहकार्य गरि जान चाहेको बताउनु भयो। कार्यक्रममा फाउन्डेसनको शिक्षा क्षेत्र (चीन) संयोजक छिरिङ्ग साम्दुप लगायतको उपस्थिति थियो।

 

Scroll to Top