न्यूयोर्कमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाको “फलफूल,तरकारी तथा खाद्यान्न वितरण”कार्यक्रम

न्यूयोर्क,अमेरिका । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्यूयोर्कमा आईतबार नि:शुल्क फलफूल,तरकारी तथा खाद्यान्न वितरण कार्यक्रम गरेको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले गोर्खाली रेडियोसँग कुराकानी गर्नुहुँदैं कोरोना भाइरसको महामारीमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले अमेरिकामा रहेका समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क फलफूल,तरकारी तथा खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दिंदै आएको हो । फाउन्डेसनले अमेरिकाको न्यूयोर्कस्थित फाउण्डेसनको कार्यालय अगाडिबाट वितरण गर्दै आएको बताएका छन् ।

फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता घिमिरेले आईतबारको कार्यक्रम न्यूयोर्क राज्यका सेनेटर जेसीका रामोससँग सहकार्य गरी नि:शुल्क खाद्यान्न वितरण गरेको जनाउनु भएको छ ।

सेनेटर जेसीका रामोसले फाउण्डेसनलाई ११ बोरा प्याज र १० बाकस स्याउ सहयोगस्वरुप प्रदान गर्नु भएको थियो। यी फलफूल र तरकारी लिनका लागि नेपाली लगायत ५ समुदायका मानिसहरु गरी लगभग ९० जनालाई सामाजिक दुरी कायम गर्दै क्रमश:हस्तान्तरण गरेका थिए ।
युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईलाई फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले एक बाकस फलफूल स्याउ र तरकारी,प्याज प्रदान गर्नु भएको थियो ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आईतबार आयोजना गरेको कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा,केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा,केन्द्रीय सदस्य द्वय प्रेम पौडेल,सुर्य सिम्खडा,यु.एन.आई.ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त,नेविसंघ अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा,गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाकी केन्द्रीय सदस्य एवं महिला संयोजक दावा शेर्पा,नेपाली काँग्रेसका नेता रामबहादुर के.सी.,नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानल थापा, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा,ह्याेल्माे साेसाईटी अफ अमेरिकाका पूर्वअध्यक्ष एवं हिमालयन कनेक्सनका प्रोप्राईटर दावा ह्याेल्माे लगायतका महानुभावहरुको उपस्थिति रहेको फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले गोर्खाली रेडियसँगको कुराकानीमा जनाएका छन् ।

Scroll to Top