नेपाल ट्रेड युनियन कांग्रेस द्वारा गिरिजा बाबुको ९८ औं जन्म जयन्तीको अवसरमा आयोजित नेपाली कांग्रेसको १४ औ महाधिबेशन र श्रमजीबी वर्ग बिषयेक कार्यक्रममा पूर्व उप प्रधानमन्त्री सुजाता कोइराला द्वारा व्यक्त धारणा

 

गिरिजा बाबुको राजनीतिक जीवनको शुरुवात नै मजदुर आन्दोलन मार्फत भएको हुदा गिरिजा बाबु र ट्रेड युनियन आन्दोलन एक अर्काका परिपुरक हुन्। 

मैले त्यो बेलाको एउटा प्रसङ्ग यहाँ सुनाउन चाहन्छु। २००३ सालतिर  गिरिजा बाबु  बिराटनगर जुटमिलमा काम गर्नु हुन्थ्यो।  त्यहा धेरै मजदुर हरु कार्यरत थिए तर राणा शासकहरुले थोरै तलब दिएर काममा लगाउने गर्दथे। नाफामा चलेको र सबै सरकारी लगानी भएको उद्योग भएपनि मजदुरहरुले न्युनतम सेवा सुबिधा  समेत पाउदैनथे। 

त्यहाको बाताबरण पनि निकै प्रदुषित थियो।  जताततै फोहरै फोहर देखेपछि एकदिन गिरिजा बाबुले  साथिहरुसंग कुरा गरी बालुवा माटोले फोहोर पुर्ने तथा अन्य  सरसफाई गर्न लगाउनु भएछ। त्यो कुरा म्यानेजरले थाहा पाएपछि गिरिजा बाबुलाई बोलाएर किन गरेकोकसलाई सोधेर गरेको भनेर हप्काउदै उहालाई कारबाही स्वरुप  कार्यालयका खाताहरु घरमा बोकेर ल्याउन भनेछन ।  तर गिरिजा बाबुले   खाताहरु बोक्ने काम आफ्नो नभएको भन्दै अरुलाई नै भन्नुहोस भनेपछि म्यानेजर र गिरिजा बाबुको खटपट शुरु भएको थियो। यसरि उहाले आफ्नो स्वाभिमान लाइ झुक्न नदिने स्वभाब र अडान त्यो बेला देखि नै कायम गर्नु भएको थियो।

 

 गिरिजा बाबुले आफ्नो कुरा निर्धक्क राख्ने गरेपछि त्यहाका अरु मजदुरहरुले नै उहालाई मजदुर आन्दोलन को नेतृत्व लिन आग्रह गरे।  यसरि उहाको नेतृत्वमा नै कामको स्थायित्वस्वास्थ्य खर्च, मजदुरका बाल बच्चाको पठन पाठन लगायत माग राखी पहिलो मजदुर आन्दोलन शुरु भएको थियो ।  

 

आफ्नो पहिलो राजनीतिक यात्रा मजदुर आन्दोलन मार्फत  भएको र ट्रेड युनियन पृष्ठभूमि भएको कारणले होला उहा जहिले पनि ट्रेड युनियनको हक हित तथा अन्य अधिकारका बिषयमा सधै गम्भीर हुनुहुन्थ्यो।  

 

उहाले नियमित रुपमा कर्मचारी युनियन, शिक्षक संघ, प्राध्यापक संघ, चिकित्सक संघ लगायतका अन्य सबै पेशागत संघ संस्थाका साथीहरुलाई नियमित बोलाएर सर सल्लाह गर्ने उनीहरुको हक अधिकार कसरि सुनिस्चित गर्न सकिन्छ भनेर चासो दिनुहुन्थ्यो।

 

अहिले हामी सबै कोविड महामारीको चपेटामा छौ तर सबै भन्दा बढी दैनिक काम गरेर जिविका चलाउने साथीहरु पिडित हुनु भएको छ।  धेरै साथीहरुले रोजगारी गुमाउनु परेको छ। धेरैले लामो समय देखि तलब पाउनु भएको छैन। सरकार यो बिषयमा संबेदनशील छैन।  नेपाली कांग्रेसले पनि पार्टीगत तवरमा पहल गरेको छैन।  नेपाली कांग्रेसको आधार  विभिन्न पेशागत संघ संगठनहरु थिए तर अहिले पार्टीले ट्रेड युनियन लाइ बेवास्ता गर्न थालेको छ र ट्रेड युनियन कांग्रेस पनि गिरिजाबाबुको निधन पछि  अविभावक बिहिन जस्तो भएको छ।

 

यहाहरु सबैलाई के आग्रह गर्न चाहन्छु भने तपाइहरुका जायज मुद्दा हरुलाई बोकेर हिड्न म तयार छु तपाईहरुले ट्रेड युनियन आन्दोलनलाइ कृपया कमजोर हुन नदिनु होला।  नेपाली कांग्रेसको आसन्न १४ महाधिबेसनमा पनि नेपाल ट्रेड युनियन कांग्रेसको सम्मानजनक उपस्थिति र भूमिका आवस्यक छ यसको लागि पनि तपाइहरुले आफ्ना एजेन्डाहरुलाई सशक्त रुपमा उठाउनु होला गिरिजा बाबुले जहिले पनि आफ्नो परिवार जस्तो मानु भएको ट्रेड युनियन कांग्रेसको एजेन्डामा मेरो पूर्ण साथ र सहयोग हुनेछ।  

 

धन्यबाद जय नेपाल।

 

Scroll to Top