नेपाली कांग्रेस पार्टीमा नेतृत्वको असफलता हो कि कांग्रेसको नीति सिद्दान्त जनताबाट अस्वीकृत भएको हो ?

 

नेतृत्वको असफलता हो कि कांग्रेसको नीति सिद्दान्त जनताबाट अस्वीकृत

 

नेपाली कांग्रेस पार्टीमा  नेतृत्वको असफलता हो कि कांग्रेसको नीति सिद्दान्त जनताबाट अस्वीकृत भएको हो ?

आज जिल्ला सभापतिहरु संगको यो भर्चुअल मिटिंगमा असाध्यै सान्दर्भिक बिषयमा बहससुरु गर्नु भएकोमा सोमनाथजी  लाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

हाम्रो पार्टी अहिले  इतिहासकै सबभन्दा गम्भीर संकटबाट  गुज्रिरहेको छ र सम्भवत सात दशकको गौरवशाली इतिहासमा हाम्रो पार्टी  यति   कमजोर र भूमिकाविहीन कहिल्लै भएको थिएन।

२००३ सालमा नेपाली  राष्ट्रिय कांग्रेस गठन भै २००६ मा नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरण पछि नेपालि कांग्रेस संगठित र संचालित भइसकेपछि जहानिया राणा शासनको अन्त्य गरि २००७ सालमा प्रजातन्त्र स्थापना भयो।  २०१५ सालमा पहिलो संसदीय निर्बाचनमा नेपाली कांग्रेसले दुइ तिहाई सिटमा बिजय भयो।  त्यो संगसंगै २०३६ को जनमत संग्रह, २०४६ को जनआन्दोलन, ६२/६३ को दोस्रो जनआन्दोलन मार्फत देशमा शान्ति स्थापना गरि संघियता, गणतन्त्र सहितको  लोकतान्त्रिक संबिधान बनाउन नेतृत्व गरेको गौरबशालि पार्टी आज किन यो कठिन आवस्थामा पुग्यो आज हामि सबैले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ।

आजको जुन बिषय छ यो नेतृत्वको कमजोरीले गर्दा हो या हाम्रो नीति असान्दर्भिक भएर हो?  मलाई के लाग्छ भने नेपालि कांग्रेस एउटा गतिशिल पार्टी हो जो इतिहासका विभिन्न कालखण्डमा आफुले आफैलाई देश र जनता को हितमा आफ्ना नीति तथा योजना हरु बनाउने र समयानुकुल परिमार्जित गर्दै गैरहेको छ। नेपाली कांग्रेसको मुख्य नीति   राष्ट्रियता, लोकतन्त्र र समाजबाद जुन हिजो पनि सान्दर्भिक थियो, आज पनि छ र भोलि पनि हुने छ।   यहि नीति र सिद्दान्त लाइ टेकेर ठुला ठुला क्रान्ति हरु सफल भए, धेरै परिबर्तनहरु भए, देश जहानिया राणा शासन र राजतन्त्रको निरंकुशताबाट मुक्त भयो र देशमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका स्थापना भयो किनकि त्यो बेला नेपाली कांग्रेसमा एउटा शसक्त नेतृत्व थियो, बिपी कोइराला, गणेशमान जी, सुबर्ण समशेर, गिरिजाबाबु, किसुनजी, लगायतको दुरदृष्टि र योजनाले पार्टीले त्यो भूमिका पाएको थियो।  तर अहिलेको  पार्टी नेतृत्व नितान्त  देश र पार्टी भन्दा आफुलाई केन्द्रमा राखेर निर्णय गर्ने  व्यक्तिबादी शैलीले कांग्रेसको यो दुराबस्था आएको हो। आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेका साथि हरु भूमिका बिहिन हुनु भएको छ पार्टीमा त्याग गरेका  इमान्दार पार्टीका नेता तथा  कार्यकर्ताहरुको पार्टीमा उचित मुल्यांकन हुन छोडेको छ। तसर्थ मलाई के लाग्छ भने यो हाम्रो नीति को असफलता नभएर पार्टी नेतृत्वको  असफलता हो।

किनकि यदि कांग्रेसको नीति असफल भएको भए आज देश कांग्रेसको नीति मा हिड्ने थिएन। आफुलाई कम्युनिस्ट भन्ने पार्टीहरु आज नेपाली कांग्रेसले लिएको संसदीय शासन प्रणालीमै हिडेको छ र अहिलेको सरकारले गरेका आर्थिक सामाजिक राजनीतिक कामहरु सबै नेपाली कांग्रेसले अख्तियार गरेको नीति अनुरुप छन्।  नेपाली कांग्रेसकै आर्थिक उदारीकरणको नीति तथा अन्य राजनीतिक प्रणाली अनुसार नै अहिले देश अगाडी बढी रहेको हुनाले हाम्रो नीति असफल भएको हो भन्ने मलाई लाग्दैन।

तर यहि सन्दर्भमा  म एउटा कुरा जोड्न चाहन्छु जुन अहिले हाम्रो संशोधित  बिधान २०७५ को बारेमा चाहि केहि कुरा भन्नु पर्छ मैले। मलाई यो बिधानमा भएका केहि प्राबधान प्रति असहमति छ। जस्तै पधाधिकारी उपसभापति तथा महामन्त्रीहरु प्रतक्ष्य मात्र निर्बाचित गर्ने प्रणालीले सभापतिलाइ कमजोर बनाउछ र यसले थप गुट उपगुट बढ्दै जान्छ।  पार्टी नेतृत्व कमजोर हुनु भनेको समग्रमा पार्टी कमजोर हुनु हो। तसर्थ केन्द्र तथा प्रदेसमा  उपसभापति र महामन्त्री मा सभापतिले पनि मनोनित गर्ने प्राबधान राख्नु पर्छ र जिल्ला तथा स्थानीय तहमा पनि समाबेशी प्रतिनिधित्व हुने गरि सभापतिलाइ केहि अधिकार दिनु पर्छ भन्ने मलाई लाग्दछ।

 

गत महिना पार्टी सभापतिले र महामन्त्रीले सार्बजनिक रुपमै भन्नु भयो यो बिधान संशोधन गर्नु पर्छ।  पार्टी र महामन्त्री दुवैजना आफनै कार्यकालमा लागु भएको बिधान एक पटक पनि कार्यन्वयन गरेर महाधिबेशन नगर्दै किन संशोधन गर्ने भन्नु भएको छ ? कसले बनाएको हो यो पछिल्लो संशोधित बिधान ? के सभापति र महामन्त्री ज्यु हरुलाइ थाहा थिएन ? यसले गम्भीर प्रस्न उब्जाएको छ। तसर्थ यस्ता कमजोरी हरु बाट कम्तिमा नेतृत्वले आत्मालोचना गरि पार्टी लाइ फेरी हाम्रो पुरानै लयमा पार्टीलाइ फर्काउन लाग्नु हामी सबैको जिम्मेबारी हो तसर्थ आदरणीय जिल्ला सभापति ज्यु हरु लाइ म के अनुरोध गर्न चाहन्छु भने पार्टीको गुमेको साख फिर्ता गर्न हामि सबै एक जुट भएर लाग्यो भने हामि फेरी तेस्तै गौरबशाली नेपाली कांग्रेस बनाउन सक्छौ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Scroll to Top