धन्यवाद एवम् रात्रिभोज कार्यक्रम।

न्युयोर्क, अमेरिका: न्युयोर्क शहरको क्वीन्स बोरो प्रेसिडेन्टको लागि डेमोक्रेटिक पार्टी को प्राईमेरी चुनाव यहीँ जुन महिना को २३ तारिखमा सम्पन्न भएको थियो। यस चुनावमा डेमोक्रेटिक पार्टीका पाँच उम्मेदवार थिए जसमा न्युयोर्क शहर का काउन्सीलमेन डोनाभन रिचार्ड्स विजयी भए।
विजयोत्सव मनाउन र डोनाभन रिचार्ड्स लाई चुनावमा सहयोग गर्ने अमेरिकन ऐसियन र अमेरिकन क्यारेवियन का नेताहरुलाई काउन्सीलमेन डोनाभन रिचार्ड्स ले स्वयम् आयोजना गरेको धन्यवाद एवम्  रात्रिभोज कार्यक्रममा १७ समुदाय का नेताहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा नेपाली अमेरिकन को तर्फवाट गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष सोमनाथ घिमिरे को सहभागिता रहेको थियो।
उपस्थित सबै समुदायका नेताहरुले डोनाभन रिचार्ड्स लाई आ-आफ्नो तर्फवाट बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे ले डोनाभन रिचार्ड्स लाई नेपाली टोपी, नेपाली दोसल्ला, र नेपालको झण्डा भएको कोट पीन लगाइ दिएर स्वागत गर्दै बधाई एवम् शुभकामना मन्तव्यमा घिमिरेले रिचार्ड्स लाई नेपाल भ्रमण गर्न निम्तो पनि दिनु भयो।
यस रात्रिभोज कार्यक्रमको अन्त्यमा काउन्सीलमेन डोनाभन रिचार्ड्सले सबै उपस्थित नेतागणहरु लाई धन्यवाद प्रकट गर्दै भोलिका दिनहरुमा यसै गरी सँगै हातेमालो गरेर अघि बढ्न आग्रह गर्नु भयो।
Scroll to Top