जी .पी कोइराला  फाउन्डेसन माल्टा द्धारा सहयोग  

प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड सम्पन्न, अन्तरास्त्रिया प्रतियोगिताको लागि बिधार्थी छनोट !! फाल्गुन २ देखि ४ गते सम्म ऊल्लिएन्स श्कुल ललितपुरमा प्रथम राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड सम्पन्न भएको आयोजक संस्था योङ्ग इकोनोमिस्टस् सोसाइटी नेपालले जानकारी दिएको छ ! उक्त कार्यक्रमको माघ १८ गते इटहरी, भरतपुर, बिरगन्ज, पोखरा बुटवल र काठमाडौँ गरि ६ ठाउमा क्षेत्रीय छनोट परीक्षा संचालन गरिएको थियो ! छेत्रीय छनोटमा ५० भन्दा बढी बिद्यालयका ३५० सहभागी विद्यार्थीहरु बाट छनोट भएका ६० जना विद्यार्थी राष्ट्रिय प्रतिस्पर्धमा सहभागी भएका थिए ! राष्ट्रिय प्रतिस्पर्धाको लागि १० जना सरकारी बिद्धालय र १० जना उपत्यका बाहिरका बिद्धयालयबाट विद्यार्थीहरु सहभागी जनाएका छन ! पहिलो पटक आयोजन भएको कार्यकममा निकै ज्ञानबर्द्धक र फलदाही रहेको जनाईएको छ ! कार्यक्रममा ऊत्कृट बिद्धार्थीलाई स्वर्ण, रजत, र कास्य पदक बाट सम्मानित गरिएको छ भने ऊत्कृट ५ जीवन खड्का,सुशील खनाल, हृशव पाण्डे, निष्ठा श्रेष्ठ, मनोज नाथ योगी आगामी जुलाईमा काजकिस्तानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएका छन् ! राष्ट्रिय प्रतिस्पर्धा अर्थशास्त्र र बिजनेस केस एनलिसस्मा भएको थियो ! ले पुरस्कार स्वरूप जनही रु ३००० ले पुरस्कृत गरेको छ । उक्त सहयोग रकम जी .पी कोइराला फाउन्डेसनको तर्फ बाट गैर आबसिय नेपाली संघ का केन्द्रिय सल्लाकार तथा फाउन्डेसन का माल्टा संयोजक श्री सोम सापकोटा ले गरेका हुन। बिद्धार्थीलाई हौसला प्रदान गर्न भन्दै ऊत्कृट ५ लाई जी .पी कोइराला फाउन्डेसन माल्टाका संयोजक सोम सापकोटाले रु १५००० हजार नगत सहयोग गर्नु भएको थियो ! नेपालले गत वर्ष रसियामा भएको प्रतिस्पर्धमा सहभागी भएर कास्य पदक हात परेको थियो ! यो पटक प्रथम पटक राष्ट्रिय प्रस्तिपर्धा बाट छनोट गरी सहभागी हुने लागेको कारण गतिलो प्रतिफल हात पार्ने मा बिस्वोस्त रहेको संस्थाका संस्थापक अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिएका छन् ! अर्थशास्त्र , बित्त र व्यवसायमा असाधारण प्रतिभाशाली बिद्यार्थीको खोजी गरी उनीहरुलाई, प्रोत्साहन, हौसला र प्रेरणा दिदै उज्जवल भविष्य निर्माणमा सहयोग गने अभिप्रायका साथ कार्यक्रम गर्न लागिएको र युवा बिद्यार्थीहरुको तार्किक र बौद्धिक क्षमता अभिवृद्धि गरी समस्याहरुको समाधान गर्न सहयोग पुग्ने सापकोटा को दाबी छ ! कार्यक्रमलाई सफल बनाउन उल्लिएन्स स्चूल, आई . आम. ई पे. , किंग्स कलेज , टरर्किस एरलेन्स, नेपाल दुरसंचार प्राधिकरण, सानिमा बैंक लगाएत विभिन्न संस्था हरुको सहयोग रहेको गरेका थिए ! नेपाल इकोनोमिक्स ओलम्पियाड अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड बाट मान्यता प्राप्त कार्यक्रम हो, अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडको प्रमुख सल्लाहकार २००७ मा अर्थशास्त्र तर्फको नोवेल पुरस्कार बिजेता एरिक मास्किन रहेका छन् ! उक्त संस्थाको कार्यकार्य सदस्यमा नेपालबाट योङ्ग इकोनोमिस्टस् सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन सापकोटा रहेका छन् !

Scroll to Top