जीपी कोइराला फाउन्डेसन बागलुङ द्वारा मानवसेवा आश्रममा सामग्री हस्तान्तरण कार्यक्रम

गिरिजाप्रसाद कोइराला फाउन्डेसन बागलुङले सदरमुकामस्थित मानव सेवा आश्रमलाई मिति २०७७ श्रावण २७ गते एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरेको थियो । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको सम्झनामा स्थापित फाउन्डेसनले आश्रमलाई २५ हजार बराबरको ५ थान पंखा र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । गर्मीयाममा आश्रमका आश्रितहरूलाई सहज होस् भनेर पंखा सहयोग गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कांग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले मुलुकको राजनीतिक परिवर्तनमा कोईरालाको योगदान कसैले पनि भुल्न नसक्ने बताउनु भयो । जि.पि. फाउन्डेशन बागलुङले सदैव मानवीय सेवामा समर्पित रहेर आफ्ना क्रियाकलाप अगाडी बढाइरहेको भन्दै प्रसंसा गर्नु भएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य एवं कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेल, फाउन्डेशन गण्डकी प्रदेश सदस्य खुमराज पराजुली, नेपाल महिला संघ बागलुङ अध्यक्ष शकुन्तला शर्मा, गिरिजाप्रसाद कोइराला फाउन्डेसनको संयोजक महेन्द्र प्रसाद कँडेल लगायतले फाउन्डेसनका हरेक गतिविधि मानवीय सेवामा समर्पित रहेको बताए ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको संयोजक महेन्द्र प्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सह संयोजक जयराम भारीले र संचालन सचिव विकाश पौडेलले गर्नु भएको थियो । गिरिजाप्रसाद कोइराला फाउन्डेसन, बागलुड जिल्लामा वैचारिक र सामाजिक क्रियाकलापमा सक्रिय रहेको संयोजक महेन्द्र प्रसाद कँडेलले जानकारी गराउनु भयो ।

विकास पौडेल
सचिव
जि.पि. कोइराला फाउन्डेसन, बागलुङ

Scroll to Top