जीपी कोइराला फाउण्डेसन प्रदेश १ को अध्यक्षमा शिवाकोटी

विराटनगर / नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेसन प्रदेश .१ को अध्यक्षमा शैलेन्द्र शिवाकोटी मनोनित भएका छन् ।

यसभन्दा अगाडी शिवाकोटी फाउण्डेसनको प्रदेश सचिव थिए । आज विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका वीच नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले शिवाकोटीलाई फाउण्डेसनको अध्यक्षमा मनोनित गरेकी हुन् । शिवाकोटीले अव नयाँ कार्यसमिति बनाउने छन् । यससंगै कोइरालाले समाजसेवी निर्मल दुगडलाई फाउण्डेसनको सचिवमा मनोनित गरेकी छिन् ।

अध्यक्ष शिवाकोटी सामाजिक तथा शैक्षिक जगतमा चीरपरिचित व्यक्ति हुन् । पारदर्शी र कार्यकौशलतामा पूर्ण शिवाकोटी मनोनित भए संगै विराटनगरमा निर्माणधिन जीपी कोइराला संग्राहालय भवनले पूर्णता पाउने अपेक्षा गरिएको छ । यस भन्दा अगाडी फाउण्डेसन अध्यक्ष इन्दिरा थापाको कार्य अवधि सकिए संगै उक्त पद रिक्त रहेको थियो ।

कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सवैलाई मिलाएर हिड्न र जिल्ला कमिटिहरुलाई समेत सक्रिय वनाउन आग्रह गरिन् । कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

Link =  https://khabarpurwanchal

Scroll to Top