जीपी कोइरालाको १० स्मृति दिवसमा मानव सेवा आश्रममा शरण लिएकाहरुलाई दिवा खाजा

नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको १० औं स्मृति दिवसको अवसरमा जीपी कोइराला फाउण्डेशन पर्साले मानव सेवा आश्रममा शरण लिएर बसेकालाई दिवा खाजा खुवाएर मनाएको छ । कोईरालाले नेपाल र नेपाली जनतालाई पुर्याएको योगदानलाई स्मरण गर्दै फाउण्डेशनले अनाथ बेसहारा तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई दिवा खाजा खुवाएको हो ।कोइरालाको १० वर्षअघि ०६६ साल चैत्र ७ गतेका दिन निधन भएको थियो । कोईरालाको योगदान नेपाली जनताले बिर्सन नसक्ने फाउण्डेशनका पर्सा शाखाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनुभयो ।दिवा खाजा कार्यक्रमको अध्यक्षता फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले गर्नुभएको थियो । र्कायक्रममा फाउण्डेशनकी सह सचिव मिन्टु देवि सिंह, सदस्य धिरज गुप्ता, प्रिति सिंह, नेपाली काँग्रेस वडा कार्य समितिका संयोजक शेख नेजामुदिन नगर सभापति आकाश चौहान, महबुब आलम, पप्पु सिंह, करण पटेल, फाउण्डेशन वडा नं ३ कार्य समितिका संयोजक सन्दिप कुमार केवट, स्थानीय समाजसेवी सञ्चारकर्मीहरु लगायतका सहभागिता रहेका थियो ।

Scroll to Top