जिपी फाउण्डेसनको निःशुल्क आँखा शिविरमा निःसहाय बालबालिका र बृद्धाले लिए लाभ

इटहरीः गिरिजा प्रसाद कोइराला फाउण्डेसन सुनसरीले इटहरीका दुई स्थानमा आज निःशुल्क आँखा सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ । सो शिबिर स्वः गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको फाउण्डेसन सुनसरीका सह अध्यक्ष तथा शिबिर कार्यक्रमका संयोजक सुर्य राईले बताए ।

 

नेपाली कांग्रेसको तर्फकी संघीय सांसद कल्पना चौधरीको प्रमुख आतिथ्यमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको हो । आँखा शिबिर इटहरी १६ स्थित रामजानकी शान्ति बृद्ध आश्रम पकली र इटहरी ४ को निः सहाय बालबालिका सेवा आश्रममा गरिएको हो । दुई स्थानमा संचालित शिबिरमा ४९ जनाको आँखा परिक्षण गरिएको थियो ।

 

निःसहाय बालबालिका सेवा आश्रमका ४१ बालबालिकाको र बृद्ध आश्रममका ८ जनाको आँखा परिक्षण गरि निःशुल्कै बिभिन्न औषधीहरु वितरण गरिएको थियो । बृद्ध आश्रमका ३ जनालाई निःशुल्क आँखा प्रदान र एक जना बृद्धाको मोतियाबिन्दुको अप्रेशनको जिम्मेवारी शिबिरमा सहभागी इटहरीको सगरमाथा आँखा अस्पतालका डाक्टर केदार तिम्सिनाले जिम्मेवारी लिइएको गिरिजा प्रसाद कोइराला फाउण्डेसन सुनसरीका सदस्य दिब्यराज गुरुगंले बताए । उनका अनुसार शिबिरमा आवश्यक औषधीहरु, साबुन, मास्क, पन्जा, ब्रस, टुथपेष्ट लगायतका सामाग्री पनि प्रदान गरिएको थियो ।
शिबिरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.देवराज घिमिरे, सगरमाथा आँखा अस्पातलका डा. केदार तिम्सिना सहभागी थिए । प्राविधिक रुपमा इटहरीको बेदान्त अस्पतालका संचालक इन्द्र श्रेष्ठले सहयोग गरेका थिए ।

Scroll to Top