जिपी कोईराला फाण्डेसन दोलखाको सहयोगमा निशुल्क प्लस टु कोचिङ संचालन

दोलखाको सदरमुकाम चरिकोटमा जिपी कोईराला फाउण्डेसनले ११ र १२ कक्षा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि १ महिने कोचिङ कक्षा संचालन गरेको छ । जिपी कोईराला फाउण्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठले स्वर्गिय त्यागि नेता भिम बहादुर तमाङको स्मृतिमा प्रथम निशुल्क प्लस टु तयारी कक्षा आज एक कार्यक्रमका बिच उद्घाटन गरेको जानकारी दिए । कोचिङ कक्षाको आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका उपसभापति एबं कालिन्चोक गाउँपालिकाका प्रमुख अर्जुन शिबाकोटी,प्रमुख जिल्ला अधिकारी कमल प्रसाद धमला, शिक्षा समन्वय अधिकारी शंकरबाबु श्रेष्ठ, नेपाल शिक्षक संघ दोलखा अध्यक्ष गोबिन्द मानन्नधर लगायतले मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रममा बक्ताहरुले स्वर्गिय गिरिजाप्रसाद कोईरालाले नेपाली राजनितिमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कोचिङमा बिद्यार्थीहरुको सहभागि रहेको छ भने मुख्य मुख्य बिषय अंग्रेजीमा १८० जना , कम्प्युटर बिषयमा ४५जना,लेखा बिषयमा ८० जना गणित बिषयमा ६५ जना बिद्यार्थीहरुलाई कोचिङ कक्षा संचालन गरिएको छ । कक्षामा जिल्लामा नाम चलेका उत्कृष्ठ शिक्षकहरुले अध्यापन गराईरहेका छन् ।  नेबि संघका पुर्ब अध्यक्ष एबं नेपाली कांग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठको बिशेष पहलमा कक्षा संचालन भईरहेको छ ।

Scroll to Top