जिपी कोइराला फाउन्डेसन अमेरिकाले शुक्रवार,अगस्ट ७, २०२० मा छैटौँ पटक साडे ७ प्यालेट्स निःशुल्क शुद्व दुध वितरण गर्यो।

निःशुल्क खाधान्न(शुद्व दुध) वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत गर्ने जमर्को गर्दै शुक्रवार,अगस्ट ७, २०२० मा छैटौँ  पटक साडे ७ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। आज सम्म फाउण्डेशनले लगभग दश हजार ग्यालन शुद्व दुध क्वीन्स र ब्रुक्लीन बोरोस्थित विभिन्न संघसस्थाहरु मार्फत वितरण गरी सके को छ।
रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई फेरि साडे ७ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,४४० ग्यालन अर्थात् ५,४५० लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गरेका थिए भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १७ वटा कार, १ वटा भेन र १ वटा ट्रक लिएर वेरहाउसबाट शुद्व दुध आफैं उठाएका थिए ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत ४०० ग्यालन दुध, ईन आवर हार्ट्स ग्रुप ब्रुक्लीनकी कार्यकारी निर्देशक केएला सर्जीयोमार्फत अमेरिकालाई १०० ग्यालन दुध, द तिब्बतियन कम्युनिटी अफ न्यूयोर्क न्यूजर्सिलाई संस्थाकी म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुक मार्फत १९२ ग्यालन दुध, ने.काँ. युवा नेता अनिल पाण्डेमार्फत २५० ग्यालन दुध, ने.का. युवा नेता छिरिङ्ग तोफ्के लामा मार्फत ४० ग्यालन दुध, प्रेम क्षेत्री मार्फत ५६ ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध, ने.का. युवा नेता विनोद सुवेदी मार्फत ३२ ग्यालन दुध, पल्जु शेर्पा मार्फत ४० ग्यालन दुध, गोर्खा समाज अमेरिका का अध्यक्ष अन्जन श्रेष्ठ मार्फत ४० ग्यालन दुध, लाएन्स क्लव क्वीन्स बुद्वकी अध्यक्ष रिमाया नेपाली मार्फत सन्तोष आचार्य लाई ४० ग्यालन दुध, रविन्द्र खत्रीलाइ २४ ग्यालन दुध, ने.का. युवा नेता भोजराज थोक्कर मार्फत ४० ग्यालन दुध, तिब्बतन कम्युनिटी का नेता नवाङ्ग यवाज्यान्टसाङ मार्फत ४० ग्यालन दुध गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले हस्तान्तरण गरेको थियो भने बाँकी दुध यसै फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिमखडाले वितरण गर्नु भएको थियो।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री(शुद्व दुध)वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य द्वय सूर्य सीमखडा र विनोद थापा खटिएका थिए भने स्वयंसेवीहरु क्रमशःराम अधिकारी, प्रेमलाल बुढा मगर, लक्ष्मण पुन, रेशम राणा, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझी, पंकज सुब्बा, प्रदीप लामिछाने, राजेश कार्की लगायत खटिनु भएको थियो।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।
Scroll to Top