‘जिपी कोइराला फाउण्डेशन’ रुपन्देहीद्वारा मानवसेवा आश्रममा भाेजन

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’ रुपन्देहीले मानवसेवा आश्रमम बुटवलमा खाना खुवाएको छ ।आश्रममा आश्रीत १ सय १४ जनालाइ खाना खुवाइएको हो । जिल्ला संयोजक चिरञ्जिबी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रीत केन्द्रिय सदस्य हेमराज अर्याल, प्रदेश ५ सहसंयोजक बिष्णु सापकोटा,प्रदेश ५ महासचिब खेलराज पाण्डे,सल्लाहकार चित्रहादुर केसी,कांग्रेस रुपन्देही क्षेत्र न २ ख का सभापति परशुराम ढकाल,कांग्रेस नगरउपसभापति बिमलराज भट्टराइ,यदुनाथ पाण्डे,रामबहादुर थापा लगायतले बोलेका थिए ।

सो अबसरमा बोल्ने बक्ताहरुले स्व कोइरालाको योगदानको उच्च प्रशंसा गरेका थिए । नेपाली कांग्रे्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशनको अहिले सबै जिल्लामा शाखा विस्तार गरिएको छ ।

यता ‘जिपी कोइराला फाउण्डेशन’ले प्रदेशसभा कांग्रेस संसदीय दलका नेता बलदेब पोखरेलको नवौं दिनको पुण्य तिथिमा स्व पोखरेलको निवासमै पुगेर शोकसभा गरेको छ ।शोकसभामा कांग्रेस नेताहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

Scroll to Top