जिपी कोइराला फाउण्डेशनद्वारा अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न आग्रह

 

गिरजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिती बुझि सहयोग गर्न अष्ट्रेलिया स्थित फाउण्डेशनका शाखाहरुलाई निर्देशन दिएकीछन् ।

फाउण्डेशनकी केन्द्रिय अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरि कोरोना भाइरस फैलिरहेकाले आपत विपतमा परेका नेपालीहरुलाई जति सक्दो सहयोग गर्न आग्रह गरिन् ।

‘कोरोना फैलिरहेकोछ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥र्यो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सहयोग गर्नुहोला ।’ अध्यक्ष कोइरलाले अगाडी भनिन्–त्यहाँ तपाईहरु हुनुहुन्छ, म ढुक्क छु हाम्रा नेपालीहरु कोही समस्यामा पर्ने छैनन भनेर ।’

यसै सन्दर्भमा जिपी कोइराला फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने बताए ।
उनले भने–‘अध्यक्ष ज्यूले पनि भन्नुभएकोछ, हामी समस्यामा परेका नेपालीको जति सक्दो सहयोग गर्नेछौं ।’

जिपी कोइराला फाउण्डेशन ओशियानाका अध्यक्ष रमेश छत्कुलीले समस्यामा परेका नेपालीलाई सहयोग गर्नका लागि आफूहरु तयार रहेको बताए ।
उनले भने–‘सवै कुरा हामीलाई थाहा हुदैन, समस्यामा परेका नेपालीले हामीलाई सम्पर्क गर्नुप¥यो । हामी सहयोग गर्न तयार छौं ।’

 

Scroll to Top