जिपि फाउन्डेसन र पारस अस्पतलबीच निशुल्क उपचार गर्ने सम्झौता

विराटनगर : विपन्न तथा गरिवलाई निशुल्क उपचार गर्न गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशी प्रदेश र पारस अस्पतालबीच सम्झौता भएको छ। विराटनगर महेन्द्रचौक स्थित सञ्चालनमा रहेको पारस अस्पताल र गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशीबीच  प्रदेशको विभिन्न जिल्लाका विपन्न तथा गरिवको निशुल्क उपचार गर्ने सम्झौता भएको हो ।

कोशी प्रदेशको विभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न र गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क उपचारदेखि विशेष छुट गर्ने सम्झौता भएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताले बताए।

सम्झौतामा पारस हस्पिटलका तर्फबाट सञ्चालक डा. सफिउर रहमना र फाउन्डेसनको तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षर गरेकै दिन  गिरिजाप्रसाद कोइराला फाउन्डेसनको पहलमा अस्पतालले सुनवर्षी नगरपालिका वडा-२ का ४२ वर्षीय शम्भु ऋषिदेवको उपचार सुरु गरेको जनाएको छ।  उनलाई सुनवर्षीबाट नै अस्पतालले एम्बुलेन्समा ल्याएर निशुल्क उपचार सुरु गरेको हो।

फाउन्डेसनकी  केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अस्पतालसँग भएको सम्झौताले विपन्न तथा गरिब जनता उपचारबाट वञ्चित नहुने बताइन्। पारस हस्पिटलका सञ्चालक डा सफिउर रहमानले फाउन्डेसनसँग मिलेर नागरिकको सेवामा समर्पित हुने बताए। उनले  फाउन्डेसनले पहिचान गरेको आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निःशुल्क उपचार गर्नेदेखि केही प्रतिशत छुट बिरामिको अवस्था हेरेर गर्ने बताए।

 

Scroll to Top