जिपि फाउनण्डेश पर्साद्वारा ६ सय परिवारलाई खाद्य सामाग्री वितरण

वीरगञ्ज  – लकडाउनका कारण प्रभावित भएकाहरुलाई आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले खाद्यन्न समाग्री वितरण गरेको छ । बीरगंज महानगरपालिका वडा नं १ र ३ का ६ सय विपन्न परिवारलाई फाउण्डेशन पर्साले खाद्यन्न सामाग्री वितरण गरेको हो ।
दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका विपन्न परिवारलाई चामल ७ के.जी.,आलु ३ के.जी., दाल १ के.जी., नुन १ के.जी., तेल ५ सय ग्राम, गहुँको पिठो २ के.जी. लगायतको सामाग्री उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताउनुभयो ।
अध्यक्ष मोहम्म सहाबुदिनसँगै फाउण्डेशन पर्साका कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह, धिरज गुप्ता, नगर इकाई समिति ३ का अध्यक्ष संदिप केवट, सुल्तान अंसारी, राजु गुप्ता लगायतका अन्य पदाधिकारीले घर घरमै पुगेर खाद्य सामाग्री वितरण गरेका हुन् ।

Scroll to Top