जिपि कोईराला फाउन्डेसनले दोलखाका पहिरो बाट मृतक परिवारलाई नगद तथा राहत सामग्री बितरण ।

जिपि कोईराला फाउन्डेसन केन्द्रको समवन्यमा     मिति २०८० श्रावण २८ गते अबिरल बर्षाको कारण दोलखाको बिगु – ७ मा पहिरो गई निम दोर्जे सेर्पा र  छोरा पासाङ सेर्पा पहिरोमा परि खोलाले बगाई मृत्युु भएको हुदा  जिपि फाउन्डेसन अमेरिकाको सहयोगमा   जिपि कोईराला फाउन्डेसन दोलखा मार्फत  मृतक परिवारलाई नगद रु २००००/- (बिसहजार रुपया) चामल २५ केजिको २ बोरा  , चिउरा २ केजीको  -२ पाकेट,  गेडागुरी ५ केजि , तेल  ५ लि., बिस्कुट १ दर्जन  नुन – ५ पाकेट लुगाधुने साबुन ३ थान  बितर कार्यक्रम समपन्न।  बितरणमा सहयोग पुर्याउनु हुने नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा र जिपि फाउन्डेसन दोलखाको अध्यक्ष राकेश श्रेष्ठ लगाएत फाउन्डेसन परिवारलाई धन्यवाद ।

Scroll to Top