जिपि कोइराला फाउण्डेशन अमेरिकाले कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भूमिका सम्बन्धि लाईभ बहस गर्ने

 

जिपि कोइराला फाउण्डेशन अमेरिकाले कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भूमिका सम्बन्धि जुमबाट बहस गर्ने जनाएको छ ।फाउण्डेशनले नेपालका ३ नेताहरुलाई उक्त बहसमा निम्त्याएको छ ।जिपि कोइराला फाउण्डेशन अमेरिकाको आयोजनामा राष्ट्रिय-अन्तराष्ट्रीय जिपि कोइराला फाउण्डेशनसगं आबद्व भएका सबै संयोजकहरु एवम् सल्लाहकारहरु लाई आमन्त्रण गर्दै कोभीड-१९ को महामारीमा नेपाल सरकारको तयारी र कोरोना कहरको महामारी पछिको अर्थ व्यवस्था र नेपाली काग्रेंसको भूमिका अनि अनी भविष्य बिषयक बहस गर्न लागेको हो ।

फाउण्डेशनले प्रमुख अतिथिमा सुजता कोइराला-पूर्व उप-प्रधान मन्त्री एवम गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष,विशिष्ट अतिथि डा. शसांक कोइराला-ससंद एवम् महामन्त्री नेपाली काग्रेंस र विशेष अतिथि डा. शेखर कोइराला-केन्द्रीय सदस्य नेपाली काग्रेंसलाई आमन्त्रण गरेको जनाएको छ ।उक्त जानकारी जिपि कोइराला फाउण्डेशन अमेरिका अध्यक्ष तथा कार्यक्रमका संयोजक सोमनाथ घिमिरेले उक्त जानकारी गराएका हुन् । कार्यक्रम न्यूयोर्क समय मगंलवार,अप्रील २८, ११:१५ बेलुकी तथा नेपालमा आउँदो बुधवार अप्रील २९,२०२० मा गरिने भएको छ ।बिहान ९ बजे वाट १० बजे सम्म (नेपाली समय)मा बहस कार्यक्रम हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top