गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम।

गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम आयोजना गर्दै छ। न्युयोर्क शहर को क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि सँग सहकार्य गरी निशुल्क वितरण गर्न लागिएको हो। प्रेसिडेन्ट शारोन लि ले यसै फाउण्डेशन लाई १०० १०० बक्स स्वस्थ खानेकुरा सहयोग स्वरुप प्रधान गर्नु हुनेछ। यहीँ आँउदो बुधवार, मे १३ दिउँसो १ बजे देखि साँढे दुई बजे सम्म फाउण्डेशन को कार्यलय अगाडी बाट वितरण गर्ने कार्यक्रम रहेको छ। १०० बक्स स्वस्थ खानेकुरालाई लाईन अनुसार क्रमश: हस्तान्तरण गरिने छ। ५० वटा खाना को कुपन पनि आएको छ, प्रतेक कुपन $२५ बराबरको मुल्य मा खाना लिन पाईन्छ र जम्मा $१२५० को कुपन सहयोग एसेमब्ली मेम्बर माईकल डेनडेक्कर ले उपलब्ध गराउनु भएको छ र यसै दिन यि कुपनहरु पनि वितरण गरिने छ। ६ फीट को दुरी मा लाईन लागेर प्रथम प्रथमतः का आधारमा वितरण गरिने छ। गीरीजा प्रसाद फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्कर लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।
कार्यक्रम मिति : मेई १३, २०२०
समय : दिउँसो १ बजे देखि २:३० सम्म
स्थान : फाउण्डेशन को कार्यालय अगाडी
ठेगाना : 72-24 Broadway, Jackson Heights, NY 11372

Scroll to Top