गिरीजाबाबु को ९८औं जन्म जयन्तीको अवसरमा शुशिल कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्व उपप्रधनमन्त्री तथा गिरीजा प्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष सुजाता कोईराला द्वारा व्यक्त धारणा

 

नेपालमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न गिरिजा बाबुले लागि ७० वर्ष भन्दा लामो राजनीतिक संघर्ष गर्नु भयो।

उहाको राजनीतिक आन्दोलनको शुरुवात २००३ सालको बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गर्दै शुरु भयो। त्यसपछि उहा अनबरत रुपमा संघर्षरत रहनु भयो। २००७ सालको जनक्रान्तिमा उहाकै नेतृत्वमा कांग्रेसले बिराटनगर कब्जा गर्यो। २०१५ को चुनाबमा बीपीले चुनाब लड़नेकी पार्टी संगठन गर्ने भनेर प्रश्न गर्दा गिरिजा बाबुले पार्टी संगठन रोज्नु भएको थियो। २०१७ को राजाको कु पछि उहा जेल पर्नु भयो। उहाले जेल मै आमरण अनसन गर्नु भयो र पछि रिहा हुनु भयो। २०३३ मा बिपी मेलमिलापको नीति लिएर नेपाल फर्कदा गिरिजा बाबुलाइ आबस्यक परेको खण्डमा अर्को आन्दोलनको तयारी गर्न भारत मै बस्न भन्नु भयो। उहाले भारत मै बसेर ब्यापक संगठन विस्तार गर्नु भएको थियो।

२०३४ मा नेपाली कांग्रेसको महामन्त्री भन्नु भयो | २०३७ मा निर्वासित जिबन त्यागि नेपाल फर्कनु भयो र देश भरि नै पार्टीको संगठन मजबुत बनाउन हिड्नु भयो। यसरी उहाले पहिलो जन आन्दोलन सफल नहुदा सम्म एक तहको राजनीतिक संघर्ष गर्नु भयो।

२०४६ मा जनाअन्दोलनको सफलता पश्यात २०४८ को आम निर्बाचनमा मोरंग र सुनसरीबाट निर्बाचित हुनु भयो र प्रधानमन्त्री बन्नुभयो र नेपालमा बिकासको जग बसाउन आर्थिक उदारीकरणको नीति लागु गरि सुधारका कामहरु सुरु गर्नु भयो।

उहाले उदारीकरण, विश्वव्यापीकरण र निजीकरणलाई संस्थागत रूपमा लागु गरि सकेपछि नै नेपालमा विकासको जग खडा भयो साथै नेपाली अर्थवजार अरु विश्ववजारसंग जोडिन सफल भयो ।

आर्थिक उदारीकरणको नीति पछि बैकिङ क्षेत्रको विकास र प्रवर्धनमा उल्लेख सुधार भयो जसले गर्दा सर्वसाधारण जनताको पहुंच वित्तीय संस्थाहरुमा सहज भयो। सोही नीतिको कारण प्रतक्ष्य वैदेशिक लगानी भित्राउन इन्टरप्राइजेजहरुको नयाँ दर्ता उलेख्य रुपमा बढयो | विश्व बैंकले समेत सो समयलाई गोल्डेन एज भनेको छ।

दुरसञ्चार क्षेत्रमा पनि ठुलो फड्को मारेको छ । दुरसञ्चार प्राधिकरण तथा अन्य नीजि सेवा प्रदायक कम्पनीहरुले प्रविधिको विकास र विस्तारमा प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको कारण यो क्षेत्रमा पनि ठुलो आर्थिक सामाजिक रुपान्तरण आएको छ र नेपालको करिव सबै गा्रमिण क्षेत्रहरु बाकी विश्व सँग जोडिएका छन्।

सोही नीतिकै कारण शिक्षा क्षेत्रमा पनि ठुलो रुपान्तरण भयो र शैक्षिक संस्थाहरुको स्थापना पनि द्रुत गतिमा भयो जसले गर्दा आम नेपाली आधारभुत शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भयो । त्यसै गरि उच्च शिक्षामा पनि धेरै सरकारी तथा नीजि विश्वविधालय हरु स्थापना भए । इन्जिनियरिङ तथा मेडिसिन जस्ता प्राविधिक क्याम्पसहरु स्थापना भए जसले गर्दा देश भित्र नै दक्ष जनशक्ति उत्पादन हुन थाल्यो।

हरेक स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार भयो । बिजुली, खानेपानी, बाटोघाटो प्राय सबै गाउहरुमा पुग्यो । यसरि उहाको पहिलो कार्यकालमा भएका कामहरुले गर्दा नै देशमा बिकासको एउटा जग बस्यो।

अप्रत्यासित रुपमा देशमा माओबादि द्वन्द बढी गृहयुद्धको अवस्था र राजाले प्रजातान्त्रिक सरकारलाई च्युत गरि शासन सत्ता आफ्नो हातमा लिएको अवस्थामा सात राजनीतिक दल र माओबादीको नेतृत्व गर्दै दोस्रो जनआन्दोलन मार्फत देशमा शान्ति र पूर्ण लोकतन्त्र स्थापना गरि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न उहाले योगदान गर्नु भयो।

साथै गिरिजा बाबुको अर्को महत्वपुर्ण पक्ष उहाले सरकार संचालन गर्दा जहिले पनि सन्तुलित पररास्ट्र नीति अवलम्बन गर्नु भयो। हाम्रा छिमेकी राष्ट्र तथा अन्य मित्र रास्ट्र संग आपसी हित लाइ केन्द्रमा राखेर काम गर्नु भयो। हाम्रो विदेश नीतिमा एउटा ठुलो समस्या छ। कुनै पनि सरकार प्रमुखले इतिहास बाट नै सन्तुलित विदेश नीति अवलम्बन गरेको देखिदैन। सबै रास्ट्र संग एउटा स्वतन्त्र र सार्बभौम रास्ट्रको हैसियतमा सम्बन्ध राख्ने काम बिपीले गर्नु भयो र त्यसलाई गिरिजा बाबुले मात्र निरन्तरता दिनु भयो। नत्र अरु सबैले ‘ प्रो ‘ विदेश नीति लिने काम गरे । केहिले त कहिले चाइना कार्ड त कहिले भारत कार्ड खल्ने सम्मको काम गरे। अहिले पनि ओली सरकारबाट सोहि कार्डको नीति लिएको देखिन्छ। तसर्थ सन्तुलित नीति जुन गिरिजा बाबुले लिनु भएको थियो त्यो अनुसार नै हामि अगाडी बढ्न सकेमा मात्र नेपालको हित हुन सक्छ।

धन्यबाद जय नेपाल।

 

Scroll to Top