गिरिजा बाबुको ९८ औ जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनको ब्यबसायिक तथा उद्धमशीलता बिभाग द्वारा आयोजित ‘ उद्धमशीलता आजको आवस्यकता ‘ बिषयक कार्यक्रम ‘।

 

 

 

पुर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापती गिरिजा प्रसाद कोईरालाको ९८ औ जन्म जयन्तीको अवसरमा उद्यमशिलता आजको आवश्यकता बिषयक वेमिनार कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम गिरिजाप्रसाद कोईराला फाउण्डेसनको व्यवसायिक तथा उद्यमशिलता विभागको आयोजनामा शनिबार सम्पन्न भएको हो । विभागकी निर्देशक शान्ता बाँस्कोटा कोईरालाको सभापतित्व माझ आयोजित उक्त कार्यक्रम पुर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी प्रभावशाली नेत्री समेत रहेकी फाउण्डेसनकी केन्द्रिय अध्यक्ष सुजाता कोईराला बिशेष अतिथीका रुपमा सम्बोधन गर्नु भएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष कोईरालाले गिरिजाप्रसाद कोईराला उदारिकरणका नायक भएको स्मरण गर्दै देशमा २०४६ मा प्रजातन्त्र स्थापना भए लगत्तै दुई बर्ष भित्र ६ सय उद्योग र ९० हजार रोजगार सिर्जना गर्न सफल रहेको र उक्त काल आधुनिक नेपालको स्वर्ण काल रहेको उल्लेख गर्नुभयो । अध्यक्ष कोईरालाले माओवादी द्वन्दका कारण गिरिजा प्रसाद कोईरालाको उद्योग र रोजगार ब्रिद्धी गर्ने अग्रगामी सोच साकार पार्न बाधक बनेको औल्याउदै देश सशास्त्र द्वन्दमा रहेका बेलामा युवाहरु विदेश पलायन हुन वाध्य पारिएको र कल कारखाना चल्न नदिईएको पनि बताउनु भयो ।

साथै, नेतृ कोईरालाले उदारिकरण र खुला अर्थतन्त्रको जगलाई मजबुत पार्न स्वर्गिय गिरिजा प्रसाद कोईरालाबाट भिजन र नेतृत्व प्रदान गर्ने कार्य भएको स्मरण गर्दै निजी विश्वविद्यालय, यातायात, पर्यटन रोजगार, देखी वित्त आदी सबै क्षेत्रको विकासमा स्वर्गिय पिताजी गिरिजा प्रसाद कोईरालाको विशिष्ठ योगदान रहेको चर्चा गर्दै उहा दुरदर्शी राजनेता भएको समेत स्पस्ट पार्नुभयो ।

नेतृ कोईरालाले राजनितिलाई व्यापारसँग जोडेर हेर्न नहुने विचार व्यक्त गर्दै हाल सरकारमा बस्नेहरुको सोच भ्रस्ट र व्यापारिक मनोब्रित्तीको भएको भन्दै हाल जारी राजनीतिक अस्थिरता र कोभिड १९ का कारण देश जटिल मोडमा उभिएको राय समेत पेश गर्नुभयो ।

काँग्रेस नेतृ एवम् पुर्व मन्त्री डिना उपाध्यक्षले औद्योगिक व्यवसाय ऐनमा उद्योग व्यवसायलाई अवरोध गर्न नपाइने प्रावधान रहेता पनि सरकारको संरक्षणको अभावमा उद्योगहरु धरासायी बनेको उल्लेख गर्नुभयो । नेतृ उपाध्याय गिरिजा प्रसाद कोईरालाले आफनो पहिलो नीति तथा कार्यक्रममा १० लाख युवालाई रोजगार दिलाउने र औद्योगिक विकास गर्ने उदेश्य राखेकामा माओवादी द्वन्द र कम्युनिस्ट मजदुर संगठनका कारण नेपालमा उद्योग कलकारखानाहरु धरासायी बनेको र लक्ष्य प्राप्ती हुन नसकेको उल्लेख गर्नुभयो ।

उनले रुग्ण उद्योगको संरक्षण गर्ने कार्य गिरिजा प्रसाद कोईरालाको पालामा शुरु भएको स्मरण समेत गर्नुभयो ।

साथै, उनले अदक्ष युवा शक्तीले विदेशमा काम गरिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमा नै अवसर दिँदै देश विकास गर्नु पर्ने आजको आवश्यकता रहेको औल्याउदै हाल सरकार ठोस नीति दिन असक्षम बनेको बताउनु भयो ।

टानकी पुर्व अध्यक्ष समेत रहेकी वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले औद्योगिक राष्ट्र बन्न तर्फ लाग्नु भन्दा पनि प्राकृतिक देनलाई उपयोग गर्न सके नेपालले फडको मार्न सक्ने जनाउनु भयो । कोभिड १९ का कारण पर्यटन क्षेत्र सबै भन्दा बढी प्रभावित भएको बताउनु भयो । नेपालले भूमिको सदुपयोग गर्न सके छिट्टै प्रगती गर्न सकिने भनाई उहाले राख्नुभयो । हामीसँग सबै थोक भएर पनि हामीसँग केही छैन भन्ने मानसिकता लिएर बाँचिरहनु नेपालीको नियती बनेको भन्दै उनले युवा जनशक्तीलाई उद्यमशिल बन्न जागरुक हुन आग्रह समेत गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालले नेपालमा रोगारी सिर्जना गर्दै आर्थिक गतिविधीलाई बढवा दिदै आर्थिक क्षेत्रलाई चलायमान गराउन गिरिजा प्रसाद कोईरालाले मुख्य देन रहेको स्मरण गर्दै २०४६ साल पस्चात अवलम्बन गरिएको खुला बजार अर्थतन्त्रको नीतिले देशमा उद्योग, रोजगार, शिक्षा, स्वास्थ्य, बैकिंग, इन्सुरेन्स लगायतका विविध क्षेत्रको विकास भएको बताउनु भयो ।

विश्व बजारमा नेपाली उत्पादनलाई निर्यात गर्न नसक्दा देशले व्यापार घाटा बढेको र आयातमुखी अर्थतन्त्रमा मुलुक निर्भर रहनु सुखद मान्न नसकिने बताउनु भयो । उनले कृषि, जल, पर्यटन क्षेत्रमा ठुलो सम्भावना रहेको पनि औल्याउनु भयो । एक गाउँ एक उत्पादनको कार्यक्रमलाई आफ्नो कार्यकालमा महासंघमा लागु गरेको बताएका उनले राजनीतीक क्षेत्रले आँफै सर्वेसर्वा भन्न्ने सोच पालेकाले देशको आर्थिक विकासको मेरूदण्डका रुपमा रहेको आर्थिक क्षेत्र ओझेलमा पर्नुका साथै समस्यामा जेलिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा गिरिजाप्रसाद कोईराला फाउण्डेसनकी व्यवसायिक तथा उद्यमशिलता विभाग निर्देशक शान्ता बाँस्कोटा कोईरालाले सभापतीको आसनबाट बोल्दै गिरिजा प्रसाद कोईराला एक डाईनामिक र दुरदर्शी नेता भएको स्मरण गर्नुभयो ।

सो अवसरमा निर्देशक बाँस्कोटाले राईट पर्सन् एट राईट प्लेस भन्ने भावना र राजनीतिक परिपक्वता गिरिजा प्रसाद कोईरालाका सबलीभुत पक्ष रहेको उल्लेख गर्दै उनले केदार भक्त माथेमा जस्ता असल र विद्वान व्यक्तित्वलाई शिक्षा क्षेत्र र दिपक प्रकाश बाँस्कोटा जस्ता कर्मठ एवम् बौद्धिक व्यक्तित्वलाई कृषि र सहकारी विकासका लागि सारथीको रुपमा साथमा लिएर हिडनुले पनि स्वर्गिय कोईरालामा देश र जनता प्रति केही गरौ भन्ने उच्च भाव रहेको कुरा राख्नुभयो ।

साथै, उनले हाल देशमा परिस्थिती अनुसार नीतिगत सुधारको खाँचो महशुश गरिएकामा समस्या निराकरणमा सरकारले ध्यान आफु जस्ता उद्योग एवम् व्यापार व्यवसाय गर्नेहरुलाई कठिनाई भैरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, नेताहरु शुशिल ढकाल एवम् लेकनाथ पोखरेल, फाउण्डेसनकी कि महिला विभाग निर्देशक उमा शिवाकोटी, फाउण्डेसनका पर्यटन विभाग कुल बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै गिरिजा प्रसाद कोईराला नेपाली राजनीतिका शिखर पुरुष, अडान भएका दुरदर्शी र सबैलाई मिलाएर लैजान सक्ने अदभुत क्षमता राख्ने राजनेता भएको स्मरण गर्दै देश विकासमा उनको अतुलनिय योगदान रहेको बारे चर्चा गर्नुभएको थियो ।

 

Scroll to Top