गिरिजा बाबुको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउन्डेसन रोल्पाद्वारा आयोजित कार्यक्रम ।

 

काँग्रेसका स्वर्गिय नेता गिरिजाप्रसाद कोइरालको ९८ औँ जन्म जयन्ती मनाइएको छ । जीपी फाउण्डेसनको आयोजनामा सुक्रबार एक कार्यक्रमका विच सदरमुकाम लिबाङमा मनाइएको हो । जीपी फाउण्डेसनका रोल्पा जिल्ला संयोजक एवं नेपाली काँग्रेस प्रदेससभा ख का क्षेत्रीय सभापती गोपाल घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेस रोल्पाका सभापती एवं पुर्व राज्य मन्त्री अमरसीङ पुनमगर रहुनु भएको थियो भने विशिष्ट अतिथिमा पुर्व पार्टि सभापती माधव प्रसाद आचार्यय रहनु भएकोे जीपी फाउण्डेसन रोल्पाले जनाएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका उप सभापती किशोर कुमार आचार्य, निवर्तमान पार्टि सचिव एवं प्रवक्ता जित विक्रम मल्ल लगाएतले कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गिय नेता कोइराला लोकतन्त्रको नायक, शान्ती बादी, न्यायप्रमेमि र विकासबादि एक जननायक नेताको रुपमा रहेको बताएका थिए । स्वर्गिय नेता कोइरालाकै कारण ससस्त्र १० वर्षे युद्ध लाई शान्ती प्रक्रियमा ल्याउनुमा नेता कोइरालाकै देन रहेको र कोइराला दक्षिण यसीयाकै उत्कृष्ट नेताको रुपमा समेत परिचित रहेको बताएका थिए ।  कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, निःर्वतमान पार्टि उपसभापती इन्द्र बहादुर खत्री, नेपाली कागँग्रेस रोल्पा नगरपालीकाका नगर सभापती चन्द्रप्रकास आचार्य, नेपाल लेखक संघ का केन्द्रिय सदस्य दामु मर्सिफुल, नेपाल महिला सघं रोल्पाकि सभापती पुष्पा श्रेष्ठ, नेविसघं रोल्पाका अध्यक्ष शेर बहादुर थापा, नेपाल प्रेस यूनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल प्रध्यापक सघं रोल्पाका अध्यक्ष विनोद आचार्य लगाएतको कार्यक्रममा उपस्थीती रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस रोल्पाकि पार्टि प्रवक्ता कविता उपाध्यायले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

Scroll to Top