गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा  गिरिजा प्रसाद कोइराला फाउन्डेसन कला तथा संस्कृति बिभाग द्वारा आयोजित कला प्रदर्शनी कार्यक्रमको फाउन्डेसनका अध्यक्ष सुजाता कोइराला बाट  उद्घाटन मन्तब्य।

स्थान : मिथिलायेन आर्ट ग्यालेरी  ठमेल

गिरिजा प्रसाद कोइराला फाउन्डेसन कला तथा संस्कृती बिभाग द्वारा गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा आयोजित यस Group Art Exhibition का संयोजक ज्यु, बिशिस्ट अतिथि ज्युहरु हाम्रो कला तथा संस्कृतिको प्रबर्धनको निम्ति अमुल्य  योगदान गर्नु हुने सर्जक कलाकार ज्युहरु तथा उपस्थित सम्पूर्ण महानुभाबहरुमा मेरो हार्दिक नमस्कार तथा जय नेपाल।

हामि यो समय सप्ताहब्यापी रुपमा गिरिजा बाबुको ११ औ स्मृति दिवसको सन्दर्भमा देशब्यापी कार्यक्रमहरु गरिरहेका छौ।  उहाको सम्झनामा  देशका विभिन्न स्थानमा दिप प्रज्ज्वलन, अन्तरक्रिया तथा   शिक्षा, स्वास्थ्य, खेलकुद सम्बन्धि कार्यक्रमहरु आयोजना भएका छन्। यहि सन्दर्भमा गिरिजा प्रसाद कोइराला फाउन्डेसनको  कला तथा संकृति बिभागले पनि कला प्रदर्शनी कार्यक्रम आयोजना गरेको खबरले मलाई निकै खुसि तुल्याएको छ।  यो कार्यक्रम आयोजना गर्नु भएकोमा फाउफ न्डेसनको कला तथा संस्कृति बिभाग संयोजक  श्री श्याम सुन्दर यादवज्यु तथा मिथिलायेन आर्ट ग्यालेरीलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछु।

मलाइ याद छ, गिरिजा बाबु जहिले पनि हाम्रो देशको कला संस्कृतिलाइ कसरि संरक्षण र प्रबर्धन गर्न सकिन्छ भनेर लागिरहनु हुन्थ्यो ।  कला र संस्कृति मार्फत  हाम्रो पहिचानलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन महत्वपुर्ण भूमिका रहन्छ साथै हामीहरु फरक फरक परिवेश  भाषा, भेषभुषा,  धर्म र संस्कृति बाट आउने भएकोले एक अर्काको बारेमा परिचित हुन, सहकार्य गर्न पनि यो क्षेत्रले ठुलो सहयोग पुर्याउन सक्छ।  गिरिजाबाबुले नेपाल सांस्कृतिक संघ मार्फत र अन्य तबरले पनि  हाम्रा सांस्कृतिक सम्पदाहरु जो विश्व सम्पदा सुचिमा परेका छन्  लगायत अन्य सांस्कृतिक संरचनाहरु लाइ अन्तरास्ट्रिय पहिचान प्रदान गर्न पहल गर्नु भएको थियो।

मलाई पनि के लाग्छ भने हाम्रो देश पनि विभिन्न कला, संस्कृति, धर्म, भाषाको साझा फुलबारी हो।  यसलाई हामीले सांकृतिक बिकास संगै आर्थिक बिकासमा पनि जोड्न सकिन्छ।  विभिन्न जिल्लाहरुको स्थानीय परिचय झल्काउने  सांस्कृतिक  महोत्सब,  व्यापारिक महोत्सब र यस्तै कला संस्कृति प्रदर्शनी कार्यक्रमहरु मार्फत  हाम्रो स्थानीय संस्कृतिको जगेर्ना मात्र नगरेर हाम्रो आन्तरिक पर्यटन प्रबर्धनमा पनि ठुलो टेवा पुर्याउन सकिन्छ।

कलाकारिता क्षेत्रको विभिन्न विधामा क्रियासिल रहनुभएको साथिहरुसंग अन्तरक्रिया गर्न पाउदा मलाई आज धेरै खुसि लागेको छ। हामिहरु यस क्षेत्रका समस्याहरु  समाधानको पहल गर्दै थप नया योजनाका साथ् कसरि यो क्षेत्रलाइ अगाडी बढाउन सकिन्छ भन्ने उद्देश्यले नै गिरिजा प्रसाद कोइराला फाउन्डेसनले कला तथा संस्कृति बिभाग गठन गर्ने निर्णय गरेको हो।  फाउन्डेसनले आगामी दिनमा यहाहरुसंग सहकार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै यहाँहरु सम्पूर्णलाइ पुन: धन्यबाद ब्यक्त गर्दछु र यो गिरिजाबाबुको ११ औ स्मृति दिवसमा आयोजित कला प्रदर्शनी कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै मेरो सानो भनाइ अन्त्य गर्न चाहन्छु धन्यबाद।  जय नेपाल।

 

Scroll to Top