गिरिजा प्रसाद कोईराला फाउण्डेशन र ईन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, युसए बिच समझदारी पत्रमा हस्ताक्षर ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन र ईन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, युसए बिच व्यवसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नको लागी समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबै संस्थाले ५ बर्षमा हजारौ हेक्टर जमिनमा रबर खेती गर्ने, कृषकहरुको जीबनस्तर सुधार गर्ने, रोजगारी सृर्जना गर्ने, यूवा विद्यार्थीहरुलार्इृ यस खेतीको अनुसन्धान गराउने र सयौं युवा उद्यमीहरु तयार पार्ने उद्देश्यले छिट्टै काम शुरु गर्ने छ ।
२०४९ मङ्गसिर महिनामा तत्कालिन सम्माननिय पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ज्यूको निर्देशनमा गोरखकाली रबर उधोग लिमिटेड र रबर कुषकहरु समेतको प्रतिनीधत्व रहने गरी ९ सदस्यीय रबर बिकास समिति गठन भएको थियो ।
कृषि तथा पशु विकास मन्त्रालयले गठन गरेको २०१९ कार्यदलको सिफारिस बमोजिम २०,४०० हेक्टरमा माथिका ४ जिल्लामा व्यवसायिक खेती हुने निश्चित भएको र अन्य करिब ८ जिल्लाहरुमा यसको खेती हुन सक्ने प्रमुख सम्भावना देखिएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन र ईन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, युसए बाट यसको थप अनुसन्धान, व्यबसायिक गर्न र करीव ५०० रबर उद्योगलाई स्थायी रुपमा स्वदेशमा कच्चा पद्घार्थ उपलव्ध गर्न, कोभिड–१९ पछि नेपाल र विश्वलाई आर्थिक, सामाजिक क्षेत्रमा ठूलो संकट दिएकोे परिपेक्ष्यमा यी दुबै सस्थाले सहकार्य गरी हजारौ जनालाई रोजगारी सृर्जना गर्न, हरियाली कायम गर्न, करिव ११ अर्व रुपैया बराबरको टायर ट्यूब र रबर जन्य कच्चा पद्घार्थ आदिमा आयात कम गरी रबर उत्पादनमा आत्मनिर्भर हुन प्रयास गर्नेछ । र्पुव उप प्रधानमन्त्री एव परराष्ट्रमन्त्री तथा गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष माननीय सुजाता कोइरालाको समुपस्थितिमा भएको समझधारी कार्यक्रममा ईन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, युसए तर्फबाट कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको तर्फबाट विज्ञान तथा प्रविधि विभागका निर्देशक डा. तारा प्रसाद बन्जाडेले हस्ताक्षर गर्नु भएको थियो ।
जि.पि कोईराला फाउण्डेशनको अध्यक्ष माननीय उपप्रधानमन्त्री परराष्ट्र मन्त्री तथा सुजाता कोईराला ज्यू र उक्त अमेरिकी संस्थाका अध्यक्ष प्रा.डा. मेघनाथ पराजुलीले विशेष चासो पूर्वक यसलाई अगाडी बढाउने बारेमा पहल गर्न प्रतिबद्घता लिनुभएको छ ।
Scroll to Top