गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन द्वारा ‘आइटी इन्टरप्रीनर्शिप र लिडरशिप ’ बिषयक तीन दिवसीय कार्यशाला आयोजना ।

गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनले ‘ आइटी इन्टरप्रीनर्शिप र लिडरशिप ‘ बिषयक तीन दिवसीय कार्यशाला आयोजना गरेको छ । सो कार्यशाला गोष्ठी समापन समारोहका प्रमुख अतिथि पुर्ब उपप्रधानमन्त्री एबम स्थानीय विकास मन्त्री श्री प्रकाश मान सिंहले प्रजातन्त्र तथा शान्तिको स्थापनाका लागि गिरिजा बाबुले गरेको योगदान को चर्चा गर्दै फ़ाउण्डेशनले राखेको आइटी इन्टरप्रीनर्शिप र लिडरशिप कार्यक्रम समय सान्दर्भिक रहेकोले वर्तमानमा सबै कुरा प्रबिधिमा नै निर्भर रहेकोले सहभागी बिद्यार्थीहरुलाइ तालिममा सिकेको कुरालाइ मनन गर्दै थप सृजनशील हुन आग्रह गर्नु भयो। पूर्व उपप्रधानमन्त्री एबम पररास्ट्र मन्त्री तथा गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले फ़ाउण्डेशन्ले विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य,पर्यटन, खेलकुद तथा बिबिध अनुसन्धानमुलक क्रियाकलप गर्दै आइरहेको र सोहि निरन्तरता दिने क्रममा आइटी र स्वरोजगारी सम्बन्धि कार्यशाला आयोजना गरेको बताउनु भयो। सो कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व बिज्ञान तथा प्रबिधि मन्त्री मान बहादुर बिश्वकर्माले गिरिजा बाबुले आर्थिक उदारीकरणको नीति लागु गरेपछि देशमा धेरै शैक्षिक संस्थाहरु, स्वास्थ्य सस्थाहरु एबम उद्योग कलकारखाना खुलेकोले धरै रोजगारीका अवसर सिर्जना भएको बताउनु भयो। अहिलेको समय बिज्ञान र प्रविधिको युग भएकोले गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनले आयोजना गरेको आइटी संग सम्बन्धित कार्यशाला गोष्ठीले युवा विद्यार्थीहरुलाई लाभ हुने बिश्वास ब्यक्त गर्नु भयो। सो अवसरमा पूर्व प्रधानमन्त्रीका सल्लाहकार डा राम थपलियाले गिरिजा बाबुसंग आफुले लामो संग काम गरेको स्मरण गर्दै उहामा प्रबिधि प्रति बिशेष रुचि रहेको जनाउदै युवाहरुको सशक्तिकरणको लागि गिरिजा प्रसाद कोइरालाको कार्यकाल स्मरणीय रहेको बताउनु भयो। गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनका रिसर्च डिरेक्टर डा तारा बन्जाडेले फ़ाउण्डेशनले आयोजना गरेको त्रि दिवसिय कार्यशाला गोष्ठीले बिधार्थीहरुलाई आइटी र स्वरोजगारीको बिषयमा नया दिशा तय गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो। सो कार्यक्रममा विभिन्न कलेज बाट सहभागी बिद्यार्थीहरुलाइ विभिन्न विधाका बिषय बिज्ञहरुले तालिम प्रदान गर्नु भएको थियो।

News article links :-

Scroll to Top