गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा बागमती प्रदेश–३ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

गिरिजा प्रसाद कोइराला फाउण्डेशन, बागमती प्रदेश–३ को आयोजनामा हालै नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा सर्वसाधारणका लागि जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला रोग, हाडजोर्नी तथा नसा, कान–नाक–घाँटी, आँखा रोग र दन्त रोगसम्बन्धी निःशुल्क उपचार सेवा प्रदान गरिएको थियो। साथै, चिकित्सकको सिफारिसमा EGG सेवा, ल्याब टेस्ट र भिडियो एक्स–रे जस्ता थप सेवाहरू पनि उपलब्ध गराइएको थियो।

शिविर बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजेसम्म सञ्चालन गरिएको थियो, जसमा ठूलो संख्यामा सर्वसाधारणले सहभागिता जनाई उपचार सुविधा प्राप्त गरेका थिए।

Scroll to Top