गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

नेपाली राजनीतिका शिखर पुरुष, लोकतन्त्र स्थापनाका अगुवा  एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा, गिरिजा प्रसाद कोइराला फाउण्डेशनको आयोजनामा चितवनको भरतपुर–१०, चौबिसकोठीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने मानव सेवामा समर्पित यो पहलले सामाजिक उत्तरदायित्वलाई सशक्त बनाएको छ।

Scroll to Top