गिरिजा प्रसाद कोइराला फाउन्डेशन ओखलढुङ्गा द्वारा बिरामी लाई फलफूल वितरण

प्रमिला श्रेष्ठ, चैत्र ७ ओखलढुंगाः

पूर्वप्रधामन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । गिरिजाप्रसाद कोईराला फाउन्डेशन जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा कोइरालाको स्मृति दिवशको अवसर पारेर ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा उपचारत बिरामिहरुलाई फलफूल वितरण गरिएको हो । फाउन्डेशनका संयोजक विनोद केसिको संयोजकत्वमा अस्पतालमा उपचाररत सय भन्दा बढी विरामिलाई फलफूल वितरण गरिएको थियो । कोइरालाको नाममा एक मिनेट मौनधारण गरि शुरु भएको कार्यक्रममा फाउन्डेसनका केन्द्रिय सदस्य बालकृष्ण दाहाल कोईरालाको बारेमा चर्चा गरे ।फाउन्डेसनले कोईरालाको स्मृति दिवसको अवसर पारेर जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । गत साल मात्रै सिद्धिचरण नगरपालिका ११ गैरीगाउँ स्थित जाल्पा मावीमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

Scroll to Top