गिरिजा प्रसाद कोइराला फाउन्डेसन दोलखा द्वारा शैक्षिक सामग्री वितरण ।

लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रध्यक्ष एबं लोकतन्त्रको महानायक पुर्ब प्रधानमन्त्री स्व. गिरीजा कोईरालाको सम्झनामा कालिन्चोक -८ सुनखानी दोलखाको श्री सरस्वती बिधा मन्दिर प्राथामिक बिधालय ( शिशु स्याहार केन्द्र ) मा स्व. कोईरालाको सम्झना गर्दै बिधालयका सम्पूर्ण बिधार्थीहरुलाई स्कुल ब्याग , कलर सेट , विभिन्न शैक्षिक समाग्रिहरु बितरण गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस दोलखा बरिस्ठ नेता एबं पुर्ब जिबिस उपसभापति कृष्णप्रशाद शिवाकोटीको प्रमुख आतिथ्य , नेपाली कांग्रेस दोलखाको सचिब सन्तोष पाठक (रन्जित )को विशेष अतिथ्यमा विभिन्न तहका महानुभाबहरुको उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम फाउन्डेशनका दोलखा जिल्ला संयोजक राकेश श्रेष्ठकाे संयोजकत्वमा भएको थियो ।

Scroll to Top