गिरिजा प्रसाद कोइराला फाउन्डेसन कर्णाली प्रदेश द्वारा गिरिजा बाबुको ९८ औ जन्म जयन्तीको अवसरमा आयोजित लोकतन्त्रको संघर्ष र गिरिजाबाबुको योगदान बिषयक कार्यक्रम।

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताउनु भएको छ ।   गिरिजाबाबुको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशलेआयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तरकृयामा उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताउनु भएको हो । “गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो”, उहाले भन्नुभयो । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले गिरिजाबाबुले शान्ति स्थापना र संविधान बनाउन खेल्नुभएको भूमिका प्रशंशनीय रहेको बताउनु भयो । कर्णाली प्रदेशका उर्जामन्त्री दिनबन्धु श्रेष्ठले कर्णाली राजमार्गको शिलान्यास गिरिजाबाबुको पालामा भएको भन्दै उहाँ कर्णालीवासीको अभिभावक भएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री हस्तबहादुर मल्लले गिरिजाबाबुले कर्णालीमा मोटरबाटो लैजानका लागि आफ्नो प्रधानमन्त्रीत्वकालमा महत्वपूर्ण निर्णय गरेको स्मरण गर्नु भयो । फाउण्डेशन कर्णाली प्रदेशका संयोजक एवम् पूर्व सांसद रीता शाहीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

Video link :-https://www.youtube.com/watch?v=reemDCmIZbA

Scroll to Top