गिरिजा प्रसाद कोईराला फाउन्डेसन दोलखाको आयोजनामा समाजसेबि स्व .टंक कुमारी राजभण्डारीको सम्झनामा उहाको कान्छो छोरा दिपमणि राजभण्डारीको सहयोगमा जिरी नगरपालीका वडानं -५ को अपांग तथा बयोबृद जेष्ठ नागरिक आमाहरुलाई न्यानो कपडा जाकेट,तथा ब्लैंकेट बितरण गरेको थीयो ।
फाउन्डेसनले यस अघि पनि दोलखा जिल्लाको बिभिन्न स्थानहरुमा महाभुकम्पको बेला भुकम्प पिडितहरुलाई दाल चामल , तेल र त्रिपालहरु बितरण गर्नुको साथै कोरनाको माहामारीमा पनि गौरीसंकर बालगृहका असाह्य बाल बालिकाहरुलाई खाध सामाग्री , स्वास्थ्य सामाग्री र सैक्षिक सामाग्री बितरण गरिनुका साथै दोलखा जिल्लाको जेष्ठ नागरिकहरुलाई सम्मान गरी फलफुल बितरण गरेको थीयो । अबको दिनहरुमा पनि फाउनडेसनले दोलखा जिल्लाको बिभिन्न स्थानहरुमा शैक्षिक तथा खेलकूद कार्यक्रम र स्वास्थ्य सिबिरहरु संन्चालन गर्ने जिपि फाउन्डेसन दोलखाको संयोजक राकेश श्रेष्ठले बताउनु भयो , साथै स्वर्गीय समाजसेवी टंक कुमारी राजभण्डारीले गर्नुभएका सामाजिक तथा सैक्षिक क्षेत्रमा गरेका बिभिन्न योगदानको चर्चा गर्दै कार्यक्रमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु समाजसेवी दिपमणि राजभण्डारी, श्रीमान/ श्रीमती सुरेन्द्र श्रेष्ठ र अन्जना श्रेष्ठ , नेपाली कांग्रेसकी नेतृ बिनिता अधिकारी ,नेबिसंघ दोलखाका नेता राजन बस्नेतलाई धन्यबाद दिदै कदर पत्र प्रदान गरेका थीए। कार्यक्रममा नेपाली कांग्रेस जिरी नगर पालीकाका नगर सभापति सोनाम सेर्पा ,नेबिसंघ दोलखाको अध्यक्ष भिम खड्का , नेपाली कांग्रेस दोलखाको क्षे नं -२ का क्षेत्रीय सचिब राजन बस्नेत, लगाएत ले मनतब्य राखेको थीयो ,साथै फाउनडेसनका जिरी नगर संयोजक कुमार जिरेलले स्वागत मन्तब्य गरिनुका साथै राकेस श्रेष्ठको सभापतित्व कार्यक्रम सम्पन्न भएको थीयो ।






