गिरिजाबाबुको स्मृतिमा फाउन्डेसनद्धारा अनाथ बालबालिकालाई माक्स वितरण

दोलखा । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँँ स्मृति दिवस जी.पि कोईराला फाउन्डेसन दोलखाले विविध कार्यक्रम गरि मनाएको छ ।

स्मति दिवसको अवसरमा फाउन्डेसनले दोलखा सदरमुकाम चरिकोट स्थित रहेको गौरिशंकर बालगृहका बालबालिकाहरुलाई माक्स, स्टेशनरी सामाग्री र फलफुल लगाएत वितरण गरेका छन् ।

कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिइरहेको बेला कसैको नजर नपुगेको बालगृहका ३१ जना अनाथ बालबालिकालाई उक्त सामाग्री वितरण गरेका हुन् । कार्यक्रमको अवसरमा फाउन्डेशनका अध्यक्ष राकेश श्रेष्ठले बालबालिकालाई कोरोनाको विषयमा प्रकास पार्दै प्रशिक्षण समेत दिएका थिए ।

स्मृति दिवसमा कांग्रेस दोलखाले भने कुनैपनि औपचारिका कार्यक्रम गरेन । भिमेश्वर नगरसमिति फाउन्डेसनका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेबिसंघ दोलखाको अध्यक्ष भिम खड्का, लेखक संघ दोलखाका अध्यक्ष डम्बर चौलागाई, किसान संघका सचिब मेनुका चौलागाई, उज्यालो भबिस्य दोलखाका उपाध्यक्ष भरत बस्नेत लगाएको उपस्थिति थियो ।

कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२ र ६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।

Scroll to Top