गिरिजाप्रसाद कोइराला फाउन्डेसन का अध्यक्ष माननीय सुजाता कोइराला ज्यू को तर्फबाट राहत वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन का अध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय सुजाता कोइराला ज्यू को तर्फबाट वडा अध्यक्ष समिम कमर को उपस्थितिमा ने कांग्रेस का यूवा नेता सलिम अन्सारी द्वारा राहत वितरण भएको छ।
नेपाली राजनीति का शिखरपुरुष स्व. गिरिजाप्रसाद कोइराला को संझना मा वहाँ का मजदुर आन्दोलन को समयमा वृहत योगदान पुर्याउने मिल्स एरिया बिराटनगर 17 रानी का अति विपन्न नागरिकता विहिन 50 परिवारमा राहत वितरण भएको छ।
राहत सामग्री 250 kg चामल, 50 पैक डिटर्जेंट पाउडर, 50 वटा हाथ धुने साबुन, 50 वटा मास्क वितरण का लागि ह्यूमानिटी फाउन्डेसन का संस्थापक सदस्य कुत्बुद्दीन खान र समीर खान लाई हस्तान्तरण गरिएको छ।

Scroll to Top